एनआरएनए माल्टाको उपाध्यक्ष पदमा गिरीको उम्मेद्वारी

कम्प्युटर साइन्स अध्ययन गरेका गिरी नेपालमा रहँदा लामो समय शिक्षण पेशामा आवद्ध रहेका थिए I

झापा  / झापा जिल्लाको हल्दीबारी ३ निवासी नविन गिरी सन २०१७ मा वैदेशिक यात्राको क्रमसँगै विदेशी भुमी माल्टा प्रवेश गरेका हुन ।

झन्डै ५ वर्ष माल्टामा आफ्नो अमुल्य समय विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रूपमा खर्चिँदै आएका नविन गिरि साँच्चिकै नाम जस्तै कर्ममा पनि नविनत्म रहेका छ्न ।

कम्प्युटर साइन्स अध्ययन गरेका गिरी नेपालमा रहँदा लामो समय शिक्षण पेशामा आवद्ध रहेका थिए I नेपालदेखि नै समाजका हरेक क्रियाकलापमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका गिरी माल्टा प्रवेशसँगै सामाजिक संघ संस्थामार्फत सामाजिक सेवा र मानविय सेवामा सहकार्य गर्ने अवसर पाएकोमा धन्य सम्झँदै यसै शिलशिलामा एनआरएनए अभियानमा सहयोगी हुने सौभाग्य आफुले पाएको बताउँछ्नl

एनआरएनए माल्टाको सन २०१९ मा उपाध्यक्ष पद र माल्टामा स्थापित नेपाल माल्टा कम्युनिटिको तत्कालीन अध्यक्ष तथा विभिन्न सामाजिक संघ सस्थामा आवद्ध रहेर उदाहरणीय कार्य गर्दै आफ्नो पदीय भूमिका जवाफदेही रूपमा निर्वाह गर्दै आइरहेको र त्यो स्थानमा पुर्याउन सहयोग गर्नुहुने सबैमा अन्तरहृदयदेखी हार्दिक आभार व्यक्त गरेका छ्न ।

एनआरएनए माल्टाको आसन निर्वाचन २०२१- २०२३ को साझा प्यानल नामक समुहबाट साथीहरूसँगै हातेमालो गर्दै अघि बढ्ने हेतुले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको उनको भनाई छ । आफु माल्टा बस्दै गर्दा जिवनको यो कालखन्डमा आएर नेपाल प्रतिको गहिरो माया र आगामी जेनेरेसनसहितको नेपाली कम्युनिटी प्रतिको आफ्नो जिम्मेवारी बोध गर्दैँ व्यक्तिगत तथा प्रोफेसनल अनुभवबाट सिकेका विशेषज्ञतालाई कम्युनिटीसामु पुर्याई केहि योगदान गर्न सक्छु भन्ने विश्वास रहेको गिरीको भनाई छ I

मुख्यरुपमा पार्दर्शिता, समावेसी, सहभागिता र जवावदेहिता एनआरएनएको आधारभूत आवश्यकता र दिर्घकालिन समाधान हो भन्ने कुरामा विश्वास्त भएको कुरा राख्छ्न। यिनै सिद्धान्तहरुमा अडिक रहि आउने दिनहरुमा काम गर्ने प्रतिबद्धता जनाएका छ्न। उनले सम्पुर्ण माल्टाबासि नेपाली दाजुभाइ दिदिबहिनीहरुमा आगामि जुलाई अन्त्यमा हुन गइरहेको निर्वाचनमा सहभागी भएर आफ्नो अमुल्य मत दिइ विजयी बनाउनुहुन सबै नेपाली माल्टा बासीहरुमा अपिल गरेका छ्न I

उपाध्यक्ष पदको उम्मेद्वारी (साझा प्यानल)

Back to top button