मिर्गौला पिडित थारुलाई आर्थिक सहयोग प्राप्त

थारुको उपचारार्थ हाल सम्म बिभिन्न माध्यमबाट २ लाख २३ हजार ६ सय ३४ रुपैयाँ आर्थिक संकलन भइसकेको बताइएको छ ।

कानेपोखरी / मोरङ्को कानेपोखरीका मृगौला पिडित रमेश कुमार थारुको उपचारार्थ आर्थिक सहयोग जुट्न थालेको छ ।

कानेपोखरी ५ भौसाबारीका २९ बर्षिय मृगौला पिडित थारुको थप उपचारका लागि रमेश बचाउ अभियान मार्फत देश विदेशबाट आर्थिक संकलन भएको हो ।

कानेपोखरी ५ का कुमार अधिकारीले साउदी अरबबाट १३ हजार ३ रुपैयाँ र अधिकारीकै पहलमा ४२ हजार ९ सय ५२ रुपैया आर्थिक संकलन भएको बताइएको छ । अधिकारीको पहलमा संकलित ५२ हजार ९ सय ५५ रुपैया रकम आज अधिकारीका बुवा डम्बर बहादुर अधिकारीले पिडितका परिवारलाइ हस्तान्तरण गरेका हुन ।

थारुको उपचारार्थ हाल सम्म बिभिन्न माध्यमबाट २ लाख २३ हजार ६ सय ३४ रुपैयाँ आर्थिक संकलन भइसकेको बताइएको छ ।

संकलित रकमबाट छोराको थप उपचारमा टेवा पुग्ने भन्दै थप अर्थिक सहयोगका लागि सम्पुर्ण सहयोगी मनहरुलाइ रमेशका बुवाले अपिल समेत गरेका छन । थारुलाइ आर्थिक सहयोग गर्न चाहने सहयोगी हातहरुका लागि NIC ASIA D 302015696152401 खाता नं. मा आर्थिक सहयोग गरि दिन अनुरोध गरिएको छ ।

मृगौला पिडित थारुको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्दै केहि दिन अगाडि स्थानिय संचारमाध्यमहरुले समाचार प्रकाशन, प्रशारण गरेका थिए ।

Back to top button