विकिनीमा खुलेकी हङकङकी आईशा

आफ्नो भाव र अपिलिङ् आँखा मार्फत प्रस्तुत गर्न सकिन्छ ।

हङकङ / आईशा गुरुङ्को विकिनी पोज देखेर धेरैले जिब्रो टोके । साथीभाई, आफन्तहरुले गाली गरे । शुरुवाती दिनमा आईशा स्वंयमलाई विकिनी भल्गारिटीको नमुना जस्तो लाग्थ्यो ।

विदेशी मोडल महिलाहरुको विकिनी पोजलाई पल्टापल्टाई हेर्ने र कोठामा तस्बिर टाँस्ने तर आफ्ना देशका महिलाहरुको तस्बिरलाई गाली गर्नेहरुको भिडलाई वास्तै नगरि, विकिनमा आफुलाई प्रस्तुत गर्ने थालिन उनले ।

विकिनीमा आईशाको आत्मविश्वास र उत्कृष्ट अदालाई धेरैले प्रशंसा गरे । शुरुवातीकालमा नराम्रो भन्नेहरुको नजरमा पनि उनी उत्कृष्ट बन्दै गईन ।

लेखनाथ, पोखराबाट करिब ५ बर्षअघि हङकङ आएकी आईशाले स्नातक तह दोश्रो बर्षको अध्ययन पुरा गरेकी छिन् । कक्षा १० पढ्दाताका नै मोडलिङ, अभिनय गर्ने रहर पालेकी आईशा सम्पुर्ण पक्षबाट अभिनयको लागि तयार भएको बताउँछिन् । आफुलाई क्यामेरामा अभ्यस्त बनाउँनका लागि युट्युवमा भिडियो (भल्ग) बनाउछिन् ।

गर्मीको समयमा समुन्द्रका किनार, स्विमिङ् पुल लगायतमा विकिन लगाएर मस्त आरम गरिरहेका विदेशी महिलाहरु देख्दा आफुलाई पनि विकिनीप्रति मोह जागृत भएको बताउँछिन आईशा ।

फिट, स्वास्थ्य र कन्फिडेन्स विकिनी पहिरनको लागि चाहिने तत्वहरु हुन । आफुलाई स्वास्थ्य राखेर शरिरको शुन्दरता पानीमा प्रस्तुत गर्नु अदभूत सीप ठानेकी छु उनी भन्छिन् ।

देशविदेश भ्रमण गर्ने सोख रहेको आईशा भबिष्यमा सफल मोडल बन्न चाहन्छिन् । मज्जाको राईको शब्द, मविन्द्र राईको संगित र अस्मिता अधिकारीको स्वर रहेको गीत मार्फत पहिलोपटक अभिनय यात्रा आरम्भ गर्दैछिन् आईशा ।

अनुशासित र शान्त गुण भएका केटाहरुले आकर्षित गर्ने आईशालाई आफ्नो शरिरको सवैभन्दा सेक्सी आँखा लाग्छ । उनी भन्छिन आफ्नो भाव र अपिलिङ् आँखा मार्फत प्रस्तुत गर्न सकिन्छ ।

तस्बिर : मज्जाको राई

Back to top button