लागुऔषध विरुद्धको अभियानमा हङकङ नेपाली महासंघ

अभियानको लागत ३ लाख ५३ हजार ८ सय हङकङ डलर हुनेछ ।

बिट ड्रक्स फन्ड एसोसियसनको आर्थिक सहायतामा हङकङ नेपाली महासंघले लागुऔषध विरुद्धको अभियान शुरु गर्ने भएको छ ।

महासंघले जानकारी सभाको आयोजना गर्दै यहि जुन महिनाबाट २०२२ को मेईसम्म अभियान सञ्चालन हुने जनाएको हो ।

वियोन्ड रिच ईन्फरमेशन एण्ड प्रिभेन्सन प्रोजेन्ट नाम दिईएको अभियानको लागत ३ लाख ५३ हजार ८ सय हङकङ डलर हुनेछ । हामीले ३ भागमा बजेटलाई विनियोजन गरेका छौ, जसमा कर्मचारी तलव २ लाख २६ हजार ८ सय, सेमिनार गोष्ठी कार्यशाला लगायतलाई ५१ हजार, प्रमोशन विज्ञापन यातायात पोष्टर पम्प्लेट लगायतको लागि ७६ हजार छुट्टाएका हौ संघका अध्यक्ष टंक रानाले भने ।

हङकङमा रहेका नेपाली समुदायका बालबालीका, युवाहरुमा लागुऔषधको कुलत अत्याधिक पाईएकोले पनि यो अभियान उपयुक्त ठानिएको अध्यक्ष रानाले बताए । घरघरमा पुगेर, विभिन्न कार्यक्रमहरु मार्फत हामी उहाँहरु पुग्नेछौ, उहाँका आफन्तहरुसँग भेट्नेछौ, हाम्रो अभियान नै उहाँहरुलाई स्वास्थ्य जीवनयापनका लागि उत्प्रेरित गर्ने हो उनले भने ।

सिएसटिएन प्रमुख रीता गुरुङले अहिलेका बालबालीका, युवाहरुलाई स्वास्थ्य बनाउँन नसके, कुलतबाट टाढा राख्न नसके हङकङेली नेपाली समाज नराम्रो बाटो तर्फ अग्रसर हुने बताईन । पछिल्लो समय नेपालीहरु लागुऔषध बेचविखन, प्रयोगमा संम्लग्न भएकै कारण प्रहरीले पक्राउ गरेका समाचारहरु आईरहेका छन् । साहसी र स्वाभिमानी नेपालीको छवी बनाएका हामीहरुलाई यस्ता समाचारले दुखी बनाउँदछ । लागुऔषध विरुद्धको अभियानमा सवैको साथ र सहयोग दिनका लागि गुरुङ्ले अपिल गरिन ।

कार्यक्रममा हङकङ महावाणिज्यदूत उदयबहादुर राना, वाणिज्यदूत किरण गुरुङ, नेपाल एयरलाईन्स हङकङ म्यानेजर नवराज उपाध्याय लगायत विभिन्न संघसस्थाका प्रतिनिधीहरुले सफलताको शुभकामना दिएका थिए ।

Back to top button