राई परिवारद्वारा विपन्नलाई राहत वितरण

करिब २० हजार बराबरको खर्चमा वितरण भएको राहत प्याकेजमा १० केजि चामल, १ किलो दाल, १ पोका नुन र १ पोका तेल रहेको छ ।

कानेपोखरी / मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ५ स्थित भौसाबारीमा बसोवास गरिरहेका विपन्न २५ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

सोही स्थानमा स्थायी बसोबास गरि हाल रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहेका खडकबहादुर र मनमाया राईका छोरा कुराज राईले सो राहतको व्यवस्थापन गरेका हुन ।

करिब २० हजार बराबरको खर्चमा वितरण भएको राहत प्याकेजमा १० केजि चामल, १ किलो दाल, १ पोका नुन र १ पोका तेल रहेको छ । राहत प्याकेज लिदैँ एक व्यक्तिले भने “पालिकाले दोश्रो पटकको कोरोना महामारीको समयमा कुनै पनि प्रकारको विपन्न लक्षित कार्यक्रम नल्याएको भन्दैँ दुखेसो पोखे” । साथै उनले यस राहतले केहि हदसम्म सहयोग पुगेको पनि बताए ।

कार्यक्रममा माओवादी केन्द्र कानेपोखरी संयोजक मनोज राजवंशी, कानेपोखरी युवा समाजका अध्यक्ष विशुराज राई, जुमुस राई, खेमराज राजवंशी, स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन मनोज राजवंशीले गरेका थिए ।

Back to top button