पथरी शनिश्चरे नगरद्वारा ३ पत्रकार सम्मानित

लामो समयदेखी पत्रकारिता गर्दै आएका तीन पत्रकारहरूलाई सम्मान गरेको छ ।

पथरी शनिश्चरे /  पथरी शनिश्चरे नगरपालिकाले सोहि क्षेत्रलाई कार्यक्षेत्र बनाई लामो समयदेखी पत्रकारिता गर्दै आएका तीन पत्रकारहरूलाई सम्मान गरेको छ ।

उत्कृष्ट सञ्चारमाध्यम २०७८ बाट कुरकुरे डटकम साप्ताहिकका संचालक मोहन भट्टराई, उत्कृष्ट पत्रकार सम्मान बिधाबाट रातो कलम डटकमका प्रबन्ध सम्पादक अर्जुनकुमार जम्मेली राई र उत्कृष्ट पत्रकार पुरस्कारबाट प्राइम टेलिभिजनका पुर्वी मोरङ संवाददाता कुमार खड्का सम्मानित भएका हुन ।

उनीहरूलाई सम्मान पत्रसहित खदा लगाएर सम्मान गरिएको थियो ।

Back to top button