पथरी शनिश्चरे नगरपालिकाको नवौं नगरसभा सम्पन्न

भोली पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

पथरी शनिश्चरे  / मोरङको पथरी शनिश्चरे नगरको आज नवौं नगरसभामार्फत आर्थिक वर्ष २०७८÷७९ का लागि नीति, कार्यक्रम र बजेट पारित भएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न सभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आर्थिक वर्ष २०७८÷७९ का लागि ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँको अनुमानित आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।

सभामा आर्थिक वर्ष २०७८÷७९ को सेवा र कार्यहरुका लागि स्थानीय सञ्चित कोषबाट केही रकम विनियोजन गर्न र खर्च गर्न बनेको ‘विनियोजन विधेयक’ पनि पारित भएको छ । सभामा नीति, कार्यक्रम र बजेट सुझाव सहित पारित भएको छ । सो बारेमा भोली पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

सोही कार्यक्रममा उत्कृष्ट पत्रकार सम्मान, उत्कृष्ट पत्रकार पुरस्कार, उत्कृष्ट सञ्चारमाध्यम पुरस्कार र लेखनवृत्ति समेत वितरण गरिने नगर प्रवक्ता गुरागाईंले वताउनु भयो ।

जारी कोरोना संक्रमणका कारण एन्टिजेन परीक्षण सहित स्वास्थ्य सतर्कता अपनाएर नगरका जनप्रतिनिधि र कर्मचारी सहभागि भएर वन्दशत्रका रुपमा मात्र नगरसभा सञ्चालन भएको थियो ।

Back to top button