कठै ! म परदेशी ।

सामान्य साक्षर म, भोको पेट र नोटले मलाई पढ्न दिएन । सात जनाको पारिवारिक जिम्मेवारीले ढ्पक्कै ढाकेको थियो मलाई । 

त्यो रात निकै ठूलो पानी पर्‍यो । सायद त्यो सङ्लो पानीले मेरो मनलाई अझ बढी धमिलो बनाउँदै गइरहेको थियो । जति सङ्लो पानी आकाशबाट बर्सिदैँ थिए। त्यति नै मेरो मन र तन निकै ठूलो धमिलो बाढिले धमिल्याईरहेको  महसुस यत्रतत्र भइरहेको थियो । जसरी पानी पर्दै जादाँ अड्किएर रहेका सासाना कणहरु पखाँलिदै थिए त्यति नै म माथी ठुलाठुला चट्टानहरु बर्सिदैँ थिए ।
खै, यो पानी र मेरो सम्बन्ध निकै फरक लागिरहेको थियो । पानीले आफ्नो कर्तव्य बिर्से जस्तो ! तर मैले नि मेरो कर्तव्य त कहाँ सम्झेर ?
५ बर्ष भएँछ आफ्नो कर्तव्यलाई प्लास्टिक बेरेर एउटा कुनोमा फ्याँकिदिएको, रुदै गरेको बच्चालाई फकाउँनुको साटो चड्कन लगाएर हिड्ँको, मैले पाएको संस्कार, व्यवहार, नियम, वचन सब बिर्सेर झोला बोकि खाडी पसेको ।
स्कुल पढँदा शिक्षकहरुले बडो ठाटिएर भन्नुहुन्थ्यो ‘नेपालमा गर्न सके सुन फल्छ’, सैद्धान्तिक कुराहरुमा रोप्न, फलाउन, सन्तुष्टि हुन, सुख प्राप्त गर्न, भोको पेट भर्न लगायतका धेरै कुराहरु मज्जाले सिकियो । यहाँ गर्न नसकिने के छ ? कृषि, पर्यटन, उद्योग, व्यापार आदि इत्यादि, इत्यादि । खै पैसा हुनेले गर्छन कि ? मलाई त थाहा भएन ।
दुई छाक टार्न नि गाह्रो पर्थियो मेरो परिवारलाई। विभिन्न दार्शनिकहरूका कुरा सुनियो, पैसाले मात्र सुख पाउँन सकिदैँन । तर, हजुर भोको पेटले पनि त निन्द्रा नलाग्ने रहेछ।
सामान्य साक्षर म, भोको पेट र नोटले मलाई पढ्न दिएन । सात जनाको पारिवारिक जिम्मेवारीले ढ्पक्कै ढाकेको थियो मलाई ।
अनि उनी मेरि दुलही ! उनको पनि त अनेकन इच्छाहरु होलान। बुबाआमा निकै वृद्ध भइसक्नु भएको थियो । धेरै  रोगबाट ग्रस्त पनि। दिनहुुँ औषधि खाइरहनुपर्ने वृद्ध भएका बाआमालाई स्याहार्नुपर्ने अवस्थामा गरिबीले मलाई भने विदेश तर्फ ढकेलिरहेको थियो । एक जना भाइ र दुई जना बहिनीहरु, उनिहरु पढदै थिए। उनिहरुका पनि त ठूलाठूला सपनाहरु थिए। भाई सहरमा ठहरिएका बिसाल महलहरु देखाउँदै भन्थियो ”म पनि यस्तै डिजाइन गर्छु मलाई इन्जिनियर बन्नु छ”।बहिनीहरु दिनरात नभनी बिरामीको सेवामा खटिएका नर्सहरुको कामको तारिफ गर्दै भन्थेँ ‘हामि त नर्स नै बन्ने हो’।
सपनाहरुको पहाडले थिचेँ जस्तो महसुस भयो । मेरा पनि त सपनाहरु थिएँ । जुन हाल “आधारहिन शब्द जस्तो, नबग्ने खोला जस्तो” काम नलाग्ने भएका छ्न । मेरा दौँतरीहरु प्रायः विदेशी भइसकेका थिए, उनीहरुसँग सम्पर्कमा रहँदा “मैले त चारपाँच ठाउँमा जग्गा किनिसके, फल्ना ठाउँमा घर जोडे, निकै सम्पन्नता व्यक्त
गर्थें ।
         
अब साँच्चै झोला बोक्नुपर्यो, मैले निर्णय गरे । निर्णयसँगै आमाबुबाको गलेको शरीर, चाउरिएको मांसपेशी, संर्घषलाई पुर्णविराम लगाइसकेको पाखुराहरु, अब त तैले हामीलाई डोहोर्‍याउनुपर्छ भन्ने समयमा चट्क्क छाडेर कसरी जाउँ ?
परिवार छाडेर भर्खरै आएकी उनिलाई मैले यति चाडैं छाडेर परदेश लाग्दा उनको मनमा के बित्ला, कसरी मन बुझाउँली, मनोकल्पनाका साथ केही दिन बिते । अन्त्यमा परदेशी हुनका लागि सम्पूर्ण प्रक्रिया पुर्‍याएर म खाडी मुलुक तर्फ लम्किए ।
“भनाई अर्को काम अर्को”  सहज थिएन खाडी मुलुकको बसाई । न दशैंमा आशीर्वाद लिन पाएँ, साथिभाइसगँ मच्ची मच्ची पिङ्ग खेल्न पाएँ , मैले पाएको सिर्फ खाली निधार थियो। पालो पर्खेर पिङ्गमा झुन्डिँदाको आन्नद खै परदेशको लिफ्ट चढ्दा नपाइने रहेछ। दशैंको बेला रमाइलो देश त्यो दिन, परदेशमा म भने चर्को घाममा रापिरहेको थिए ।
हरेक बिहान उठँदा एक्लो भएपनी हर रातका सपनीमा उहीँ गाउलेसँग खेल्थे, आमासँग झग्डिन्थें, बाले भनेको नमानेर गाउँ तिरै कुदथेँ दिनभर बाटोमा सलल बगेका कारहरुमा भविष्य खोज्थे, अग्ला बिल्डिङमा भविष्य देख्थे तर सपना जस्तो सजिलो बिपना कहाँ थियो र ?
“तिहारमा बर्षौदेखि बुनिएका सयपत्री र मखमलीका मालाहरुले मेरो बाटो हेर्दाहेर्दै आशा मारिसकेका थिए” । जल र तेलको धारा लगाउँदै लगाइदिएको टीका सम्झिँदै दुबोको त्यान्द्रोले कानमा तेल राखिदिँदा काउकुती लागेर बहिनिहरुसँग हाँसेको हाँसो वा उपहार दिएको कपडा अहिले पनि साँचेर राखेको छु । “देउसुरे,देउसुरे” को भाका मानसपटलमा सधैं गुन्जिन्थेँ ।
 “तिजमा मेरो लागि बसेको व्रत मैरै हातले पानी पिलाएर व्रत टुङ्गाएका” ती दिनहरु नसम्झेका कुनै पल थिएन । “सायद समयले थोत्रो बनाउँने कोसिस गरिरहेका थिए तर मनले सधैं ताजा बनाउन हर प्रयास गरिरहन्थे” ।
आजपनी यतै छु तर, ” एकरती पनि खुसी छैन म ”, तन परदेशमा भएनी मन भने उतै स्वदेशमै छ । डाँडापाखा, वनपखेरा, परिवार, आफ्ना, सबैको गहिरो सम्झना आउँछ, हरेक दिन ।
भौतिक आरामदायीका धेरै कुराहरु देखेपनी आत्मिय आराम देख्न नसकेको धेरै भयो । “आज भात खाँदिन, मीठो छैन भन्दा आमाले मायाले खा’न भनका सम्झनाहरु दिमाखबाट कहिलेकाहीँ मनसम्म आउँन खोज्छन, अनि भक्कानिन्छु । खोइ धेरै भयो यहाँ मायाले कसैले नबोलाएको। आफ्ना भनेर विश्वास गरेका पात्रहरुले नि लुट्ने रहेछन यहाँ !
भर्खरैको घटना सम्झिँन्छु, “बिरामी भएर लखतराम भएर सुत्दा परिवारको सारै याद आयो, गाउँमा त छिमेकीले पनि जेठोलाई के भयो” ? भनेर सोध्दै आउथेँ र भन्थेँ ‘जेठोलाई बैधकोमा लानुपर्छ’ । म असन्चो हुँदा, खान मन नलाग्दा उनि पनि मसँगै भोकै बसेको, मेरो चिन्ता गरेको, दाईलाई कस्तो छ् नि भनेर भाईबहिनिहरुले सोध्दाका कुराहरू एकादेशको कथा जस्तो लागेर आउँछ ।
‘विदेशिनु रहर कसलाई पो होला र ? बाध्यता र विवशता, परिस्थितिले रुमलिँदै परदेशी भएँ म ‘। मलाई त स्वदेश नै फर्किउँ भन्ने लाग्छ, “तर खै साहुको ऋण तिर्न सक्या छैन”, “आमाबुबालाई औषधि किन्ने पैसा अझै जुटाउँन सक्या छैन”, भाइबहिनीहरुको सपनाहरु अझै जिउका तिउँ छ्न ।
साथिहरुसँग कहिलेकाहीँ कुरा हुन्छ ,”भन्छ्न पैसा त टन्नै कमाइस होला है, अब त हामीसँग बोल्न नि फुर्सद हुदैँन नि तलाई, ठूलो भइहालिस ! ” ,”कहिले फर्किन्छ्स, फर्किँदा एउटा दामी फोन ल्याइदे है”।
अनि म मज्जाले हाँसेर हसिँलो मुहारका साथ कुरालाई अन्त्य गर्छु । अनि लाग्न थाल्छ, सम्बन्धहरु त सब भौतिक त हुने रहेछ्न, विदेश भनेको त पैसा टिप्न त गइन रहेछ, पीडा भुलाएर रगतसँग दुई पैसा साट्दै छु । सबैको आवश्यकता बढ्दो छ , “भनिन्छ नि नमरी स्वर्ग कहाँ देखिन्छ, देख्नलाई त मर्नैपर्छ ।
यतिकै मेरो घरबाट आमाको फोन आयो, हतास आवाजमा भन्दैँ हुनुहुन्थ्यो, “ए जेठा हेर न तेरो बुबा एक्कसी बेहोस भएर लड्नुभयो” कसलाई बोलाउने, छेउछाउमा कोहि ठिटाहरु पनि छैन्न के गर्ने होला ?  आमाको त्यही वाक्यसँगै म निशब्द भएँ ।
  हो, यहि समस्याको परिणाम हो, परदेशी जीवन । परदेशीनु सबैको आआफ्नो बाध्यता होला । जे कारणले परदेशी भएपनी यसको मुलकारण भनेको विवशता, अभाव र  समस्या नै हो ।

Back to top button