बसाई अमेरिका भएपनी कलाकारिता र समाजसेवामा सक्रिय थापा दम्पती

नृत्य मै स्तानक गरकि बिनिताले अहिले टिकटक मार्फत विभिन्न किसिमका मनोरञ्जनात्मक,कलात्मक, भावनात्मक एवम नृत्य सम्बन्धी विभिन्न प्रकारका भिडियो हरु "Dance Binita" नामक एकाउन्ट बाट दैनिक जसो सार्वजनिक गर्छिन। उनको भिडियोहरु टिकटक मा निकै रुचाईदै पनि छन।

अभिनेता / मोडल सुबास थापा र उनकी धर्मपत्नि एवम अभिनेत्री नृत्यङ्गना बिनिता खड्गा थापा हाल २ छोरी सहित अमेरिकामा बस्छन। बिदेशी भुमिमा लामो समयदेखी बसोबास गरे पनि नेपाली कला संस्कृति र चलचित्र क्षेत्र मोहमा यो दम्पती को कुनै कमि आएको छैन।

यहि मोहले एक महिना अघि दुबै जनाले अभिनय गरेको “कुल्चि हिड्छन फुलहरु” नामक म्युजिक भिडियो सार्वजनिक भएको थियो जुन भिडियो अमेरिका मै छायांकन गरिएको थियो भने भिडियोले दर्शक को निकै सकारात्मक प्रतिक्रिया बटुलेको थियो।

नृत्य मै स्तानक गरकि बिनिताले अहिले टिकटक मार्फत विभिन्न किसिमका मनोरञ्जनात्मक,कलात्मक, भावनात्मक एवम नृत्य सम्बन्धी विभिन्न प्रकारका भिडियो हरु “Dance Binita” नामक एकाउन्ट बाट दैनिक जसो सार्वजनिक गर्छिन। उनको भिडियोहरु टिकटक मा निकै रुचाईदै पनि छन।

टिकटक बाट प्राप्त माया र सपोर्ट पश्चात् उनले नेपाली कला संस्कृति र नेपाली नृत्यलाई जगेर्ना गर्ने उदेश्यका साथ अनलाईन डान्स क्लास समेत सन्चालन गर्दै आएकी छ्न। साथै टिकटक र डान्सक्लास बाट कमाएको पैसाले नेपालमा दुख मा रहेका नेपाली लाई सहयोग गर्ने ध्येय का साथ डान्स बिनिता फाउन्डेसन को स्थापना गरेकी छन।

भर्खरै स्थापना भएको फाउन्डेसनले हाल सम्म नेपाली माईकल ज्याक्सन नामले परिचित डान्सर रिवन सापकोटालाई आर्थिक सहयोग, नेपालमा दोस्रो लहरको महामारि पश्चात् सुरु भएको लकडाउनले समस्यामा परेका कलाकर्मी लाई खाधान्न उपलब्ध गराउने उदेश्य का साथ चर्चित कार्यक्रम रजतपटका प्रस्तोता प्रकाश सुवेदीले सुरु गरेको रजतपट कोशेली नामक अभियान लाई एक लाख पन्ध्र हजार,अनाया फुड बैङकलाई बाईस हजार लगायत विभिन्न ठाँउमा निरन्तर सहयोग गर्दै आएको छ।

सुरुमा थापा दम्पती ले मात्रै सुरुवात गरेको फाउन्डेसनको सामाजिक कार्य लाई थप उत्प्रेरणा गर्न सुसिला थापा,साधना लामिछाने,स्तुति भट्टराई,पवित्रा ज्ञावलि,निशा काभ्रे,ईसा के.सि.,रोशि श्रेस्ठ,मिनिता श्रेष्ठ लगायत को ब्यक्तित्वहरु पनि जोडिनु भएको छ।

Back to top button