जन्मदिनमा काङ्रग्रेसका युवा नेता सुशिल खड्काले गरे रु ३०,००० सहयोग

जन्मदिनको अवसर पारेर काङ्रग्रेसका युवा नेता तथा युवा ब्यवसायी सुशिल खड्काले खाना बितरण कार्यक्रमलाई रु ३०००० सहयोग गरेका छन । बिपी स्टडी युथ सर्कलले बिगत ६ दिन देखी खाना बितरण कार्यक्रमलाई आयोजना गर्दै आएको थियो । यसै अभियान अन्तर्गत आज बिहान खाना बितरण कार्यक्रममा युवा नेता सुशिल खड्काले सो रकम सहयोग गरेका हुन् । यस बिषम परिस्थीतिमा कोही नागरिक पनि भोका नरहुन भन्ने उदेस्यले यस् अभियान चलाएको बिपी स्टडी युथ सर्कलका अध्यक्ष सुमन गिरीले जानकारी दिए ।
काठमाडौंको माछापोखरीमा बिहाना ९ बजे र बेलुका ६ बजे खाना बितरण कार्यक्रम भइरहेको छ ्र

Back to top button