“अनाया फुड बैँक” द्धारा जोशीपुर वार्ड नं.७ का विपन्न ५० परिवारलाई राहत वितरण

फुड बैङकका संचालक शम्भु बम ठकुरीले यस “अनाया फुड बैँक” निरन्तर संचालन हुने बताउँदै यो अभियान सँग हातेमालो गर्न अनुरोध गर्नु भएको छ।

कैलाली  / युवा व्यवसायी तथा समाजसेवि शम्भु बम ठकुरीले आज शनिबार कैलालीको जोशीपुर गाउँपालिका वार्ड नं.७ मा रहेका विपन्न एवम् लकडाउनले प्रभावित भएका ५० परिवारहरुलाई राहत वितरण गरेका छन ।

दोश्रो लहरको कोरोनासँगै उनको बिशेष पहलमा सुरु भएको “अनाया फुड बैँक” ले सुदुपश्चिमका विभिन्न बस्तिमा सहयोग गर्दै आएको छ । सो क्रममा आज शनिबार पनि सोहि फुड बैँक मार्फत राहत वितरण गरिएको हो ।

करिब १५ दिनसम्म पुग्ने राहतमा चामल, दाल, तेल, नुन, आलु, साबुन लगायत खाद्यान्न र अत्याआवश्यक सामगी्र रहेको थियो । सो राहत सोहि वडाका अध्यक्ष, जनप्रतिनिधी र बुद्धिजिविहरुले उपलब्ध गराएको लिस्टको आधारमा अपाङ्ग र अतिआवश्यक परिवारलाई बितरण गरिएको थियो ।

राहत प्रदान गर्दै ठकुरीले यस्तो विपतका समयमा भोको पेटहरु केहि हदसम्म भएपनि भर्न पाएको निकै खुसि लागेको बताए । उनले यस बखतमा एकअर्काेलाई सहयोग र साथ दिदैँ अगाडि बढनुपर्ने बताए । यस अभियानमा ठकुरीसँगै सुरेन्द्र हमाल ठकुरी, डिवी राई, बसन्त बम, सरोज रिजाल लगायतका समाजिक ब्यक्तितब पनि जोडिएका छन् ।

फुड बैङकका संचालक शम्भु बम ठकुरीले यस “अनाया फुड बैँक” निरन्तर संचालन हुने बताउँदै यो अभियान सँग हातेमालो गर्न अनुरोध गर्नु भएको छ। साथै कुनै पेट भोको नरहोस भन्ने धारणाका साथ अती आवश्यक परिवारलाई खाधान्न चाहिएमा सम्पर्क नम्बर ९८५११३३१४६/९८०३९४५३५० प्रदान गरेका छन् ।

Back to top button