हङकङबाट २ सय अक्सिजन कन्सेन्ट्रेटर नेपाललाई

नेपालीहरुको छाता संस्था हङकङ नेपाली महासंघले आफ्नो सहकार्यमा २ सय अक्सिजन कन्सेन्ट्रेटर नेपाल पठाउँने भएको छ

हङकङ / आफ्नो मातृभुमी पिडामा पर्दा विदेशीएका हरेक नेपालीहरु बेचैन हुने रहेछन् । कुनै न कुनै तवरबाट आफ्नो देशलाई सेवा गर्न पाउँदा आफुलाई गौरवान्तित महशुस गर्ने भिडमा हङकङका नेपालीहरु पनि पर्छन ।

हङकङका नेपालीहरुको छाता संस्था हङकङ नेपाली महासंघले आफ्नो सहकार्यमा २ सय अक्सिजन कन्सेन्ट्रेटर नेपाल पठाउँने भएको छ ।

नेपाली समुदायका लागि सामुदायिक सेवा समुह सिएसटिएन प्रमुख तथा महासंघ सल्लाहकार रीता गुरुङ्को अगुवाईमा हेल्प नेपाल फाईट अगेन्स्ट कोभिड १९ क्याम्पेनमार्फत अक्सिजन सहयोगको कार्यक्रम शुरु गरिएको हो ।

हङकङ पुलिस फोर्स र सोएर्स एक्सनको सहयोगमा अक्सिजन सहयोग कार्यक्रम तय गरिएको हो संयोजक गुरुङ भन्छिन । पहिलो चरणमा २ सय र अर्को चरणमा थप २ सय कन्सेन्ट्रेटर नेपाल पठाउँने छौ । दश लिटर क्षमता भएको कन्सेन्ट्रेटर तत्काल नेपाल पठाउँनका लागि कार्गो रकमको ब्यवस्थापनका लागि हामी जुटिरहेका छौ । च्यारिटी वाक क्याम्पियन मार्फत मनकारी दाताहरुबाट सहयोग रकम संकलन भईरहेको छ । एउटा कन्सेन्ट्रेटर नेपाल पठाउँनका लागि हङकङ डलर १५ सय लाग्ने रहेछ । आफ्नो मातृभुमीको सहयोगको लागि चौतर्फी सहयोग र सद्भाव प्राप्त भईरहेको उनले बताईन ।

महासंघ अध्यक्ष टंक राना भन्छन् अक्सिजन कन्सेन्ट्रेटर देशैभरिका ७७ वटा जिल्लाका सरकारी अस्पतालहरुमा वितरण गरिनेछ ।
अक्सिजन, अस्पताल र आर्थिक अभावमा कोरोनाको संक्रमणले मृत्यु भएका समाचारहरु देखेसँगै हङकङमा रहेका विभिन्न संघसस्था, ब्यक्तिहरुले सहयोग संकलनका कार्यक्रमहरु संचालन गरिरहेका छन् ।

– तस्बिर : टिबी याक्खा

Back to top button