आर्थिक अभावका कारण मृगौला पीडित कानेपोखरीका थारुको उपचारमा समस्या, सहयोगको अपिल

अहिले सम्म उपचारका क्रममा १ लाख रुपैया खर्च भएले अब थप उपचारका लागि आर्थिक अभाव भएकाले आर्थिक सहयोग जुटाइदिन उनले सहयोगी मनहरुलाई अपिल गरेका छन ।

कानेपोखरी / मोरङको कानेपोखरी गाउँपालिकाका मृगौला पिडित रमेश कुमार थारुले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछी सहयोगको अपिल गरेका छन।

कानेपोखरी ५ भौसाबारी निवासी २९ बर्षिय थारुले थप उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएका कारण उपचारका लागि सबैमा आर्थिक सहयोगको अपिल गरेका हुन ।

गत बैशाख २० गते आफ्नो शरिरमा समस्या देखा परेपछि चेक जाच गर्न अस्पताल पुग्दा उनको मृगौलामा समस्या रहेको थाहा भएको हो । २९ बर्षिय थारु दैनिक ज्याला मजदुरी गर्दै आफ्नो गुजारा चलाउदै आएका थिए । थारुको ८ जनाको परिवार उनकै ज्याला मजदुरीबाट पालिएको उनले दुखेसो सुनाए । आफु बिरामी परेपछि परिवारका अन्य सदस्यहरुको बिहान बेलुकाको छाक टार्न समेत समस्या भएको थारुले बताए ।

अहिले सम्म उपचारका क्रममा १ लाख रुपैया खर्च भएले अब थप उपचारका लागि आर्थिक अभाव भएकाले आर्थिक सहयोग जुटाइदिन उनले सहयोगी मनहरुलाई अपिल गरेका छन ।

थारुलाइ आर्थिक सहयोग गर्न चाहने सहयोगी हातहरुका लागि NIC ASIA बैंकको D 302015696152401 खाता नं. मा आर्थिक सहयोग गरि दिन अनुरोध गरिएको छ । थारुलाई प्रत्यक्ष रुपमा सहयोग गर्न चाहने महानुभावहरुका लागि उनको मोबाइल नं. 9811071287, 9864290753 पनि सार्वजानिक गरिएको छ ।

Back to top button