हङकङ नेपाली महासंघको बालबालीका लक्षित कार्यक्रम

कार्यक्रममा २५६५औं बुद्ध जयन्तीको अवसरमा बौद्ध गुरुहरुले धरानमा निर्माणाधिन थाउजेन्ट बिग बुद्ध निमार्ण आर्थिक सहयोग गर्ने दाताहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

होम अफियर्स डिपार्टमेन्टलको सहयोगमा हङकङ नेपाली महासंघले सिएसटिएन डान्स प्रतियोगिता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बालबालीकाहरुको प्रतिभा प्रस्फुटनका लागि आयोजित कार्यक्रममा दुई दर्जनभन्दा बढी बालबालीका सहभागी थिए । कार्यक्रममा ४ र ७ बर्ष उमेर समुहका बालबालीकाहरु मध्ये सजना गुरुङ, नोमा थेवे, उपासना थापा मगर, ८ र १५ बर्ष उमेर समुहको प्रतिस्पर्धामा दिक्षा गुरुङ, प्रतिक्षा गुरुङ, मुना थापा क्रमश प्रथम, दोश्रो र तेश्रो भएका थिए ।

बिजयी बालबालीकाहरुलाई प्रमुख अतिथी डिष्ट्रिक काउन्सिलर मिस्टर डेरेक हुङ्, सिएसटीएन प्रोजेक्ट प्रमुख रीता गुरुङ, महासंघ अध्यक्ष टंक रानाका साथै विभिन्न संघसस्थाका प्रतिनिधीहरुले ट्रफी प्रमाणपत्र वितरण गरेका थिए ।

हङकङ नेपाली महासंघको नेतृत्वमा सिएसटिएन (नेपाली समुदायको लागि सामुदायिक सेवा समुह) अन्र्तगत विभिन्न प्रकारका सिप, कौशल र अवसरका लागि कार्यक्रमहरुको आयोजना भईरहेको छ ।

कार्यक्रममा २५६५औं बुद्ध जयन्तीको अवसरमा बौद्ध गुरुहरुले धरानमा निर्माणाधिन थाउजेन्ट बिग बुद्ध निमार्ण आर्थिक सहयोग गर्ने दाताहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

धरान स्थित छोटी मोरङ्मा ३ अरब रुपैयाको लागतमा १७५ फिट अग्लो बुद्धको मुर्ती निर्माण भईरहेको छ । कोरोना कहरका कारण केहि समय स्थगित भएपनि अव तिव्रताका साथ काम अघि बढ्ने निर्माण समिती नेपालका प्रमुख प्रदिप थापाले बताए ।

Back to top button