संसद विघटन निरंकुश, स्व:इच्छाधारी र प्रतिगामी कदम भएको माओवादी कानेपोखरी गाउँ कमिटीको ठहर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेपाली जनताको लामो बलिदानीपुर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न स्थापना भएको हो ।

कानेपोखरी / २०७८ साल जेठ ७ गते मध्यराती राष्ट्रपती विद्यादेवि भण्डारी र प्रधानमन्त्री के.पि. ओलिद्वारा षड्यन्त्रपुर्वक गरिएको प्रतिनिधि सभा विघटन असंबैधानिक, अलोकतान्त्रिक, निरंकुश, स्व:इच्छाधारी र प्रतिगामी भएको ठहर गर्दै उक्त प्रतिगमनकारी कार्यको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कानेपोखरी गाउँ कमिटीले घोर निन्दा र भत्सना गरेको छ।

नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम बनेको के. पि. ओलिको सरकारले उपधारा ४ बमोजिम १ महिना भित्र बिश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधानलाई लत्याउदै उपधारा ५ बमोजिम सरकार गठन गर्न राष्ट्रपतिलाई सिफारिस भइ राष्ट्रपतिबाट १ दिनको समय दिई सरकार गठन गर्न आह्वान भयो ।

प्रतिनिधि सभाका माननीय सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि प्रतिनिधि सभा सदस्य १४९ जनाको हस्ताक्षर सहित दाबी प्रस्तुत गरिएकोमा संविधानत शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा उल्टै प्रधानमन्त्री के.पि. ओलिको अन्धसेवक बनेर राष्ट्रपतिबाट प्रतिनिधि सभाको विघटन गरि नेपालको संविधान र लोकतन्त्रमाथी गम्भीर आक्रमण गरिएको छ । र, उक्त कदम २०७७ पौष ५ गते गरिएको प्रतिगामी कदमकै निरन्तरता भएको उनिहरुको भनाई रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेपाली जनताको लामो बलिदानीपुर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न स्थापना भएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीबाट गरिएको प्रतिगमनकारी कदमको विरुद्धमा उभिन र संघर्ष गर्न साथै राष्ट्रियता, स्वाधीनता, संविधान र लोकतन्त्र पक्षधरको निम्ति साथ दिन सबै राजनीतिक दलहरु, नागरिक समाज, बौद्धिक समुदाय, मानवअधिकारवादी, पेसाकर्मी लगायत आमजनसमुदायमा सो (नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र) मोरङ कानेपोखरी गाउँ कमिटीका संयोजक क.मनोज कुमार राजवंशीले अनुरोध समेत गरेको छ ।

Back to top button