नेपाल तरण दल र नेविसंघ कानेपोखरीद्वारा सरकारको असंवैधानिक कदमको विरुद्ध सांकेतिक विरोध

कानेपोखरीद्वारा राष्ट्रपति तथा प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको विरुद्ध सांकेतिक विरोध कार्यक्रम गरेको छ।

कानेपोखरी / नेपाली काङ्ग्रेस निकट भगिनी संगठनहरु नेपाल तरुण दल र नेविसंघ कानेपोखरीद्वारा राष्ट्रपति तथा प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको विरुद्ध सांकेतिक विरोध कार्यक्रम गरेको छ।

दर्जनौं तरुण तथा विद्यार्थीहरुको उपस्थिति रहेको आज आइतबारको कार्यक्रमको संयोजन नेविसंघ कानेपोखरीका नेता मनिष न्यौपाने एवंम तरुण दलका नेताद्वय डेनु कार्की र मणिराज लिम्बु गरेका थिए । सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता हिमप्रसाद तिम्सिना, क्षेत्रीय सदस्य सन्तोष फुयल, नेपाली काङ्ग्रेस जिल्ला सदस्य सुशील राई, गाउँ पार्टी सचिव विवेक लिम्बु,गाउँ पार्टी उपसभापति चन्द्र गुरुङ,मदन सेढाई,तरुण नेता सन्तोष पाङदेन लिम्बु,युवा नेता देवेन्द्र लुइँटेल, अन्य युवा नेताहरु सुजन भट्टराई, मणिराज लिम्बु, नगेन्द्र पाैडेल, होमनाथ घिमिरे, दलित संघ सचिव कृष्ण पाचकोटि लगायतको उपस्थिति रहेको थियो ।

र्यालिले ओलि सरकारको विरुद्ध चर्को नाराबाजी सहित रमाइलो बजारको परिक्रमा गरे पश्चात गाउँपालिकाको प्राङ्गणमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लादहन गरेको थियो।

कोरोनाको सचेतता र सावधानी अपनाएर कार्यक्रमको आयोजना गरिएको तरुण नेताद्वय तारामानसिंह घिसिङ र रुपेश रिजालले बताए ।

Back to top button