पौडी खेल्ने क्रममा डुबेर कानेपोखरीमा एक युवाको मृत्यु

उनीसँगै उनका एक साथी पनि पौडी खेल्न सो पोखरी गएका थिए । उनी भने सकुसल रहेका छ्न ।

कानेपोखरी  / कानेपोखरी ४ शिवालय पुर्व डाँस खोला नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ ।

शनिबार बेलुका करिब ६ बजे पथरी शनिश्चरे ८ मङ्लबारे निवासी २९ बर्षिय बिनोद पाण्डेको पौडी खेल्ने क्रममा मृत्यु भएको हो । तर, उनको मृत्युको प्रमाणित आज आइतबार बिहान शव भेटिएपछी मात्र भएको थियो ।

बेलुकै उनी हराएपछी खोजी कार्य सुरु गरियो तर अबेरसम्म नभेटिसम्म पुनः आज आइतबार इलाका प्रहरी कार्यालय पथरी, शसस्त्र प्रहरी बल शनिश्चरे र रमाइलो प्रहरी कार्यालयको संयुक्त टोलिले खोजी गरि बिहान करिब ९:४५ बजे पोखरीबाट शव निकालेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले जानकारी दिए ।

उनीसँगै उनका एक साथी पनि पौडी खेल्न सो पोखरी गएका थिए । उनी भने सकुसल रहेका छ्न । मृतकलाई हाल पोष्टमार्टमको लागि मङ्लबारे अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि डिएसपी खड्काले बताए ।

Back to top button