कानेपोखरीमा आजबाट“चिन्ता लिनु पर्दैन हामी तपाईंको साथमा छौ नि ” अभियान

संक्रमितको घर घरमा गएर सेनिटाईजिङ गरिएको सेनिटाइजिङ अभियानका एक जना अभियान्ताले सुनाए ।

मोरङ्गको कानेपोखरीमा आज बाट सेनिटाइजिङ अभियान शुरु गरिएको छ ।  नेपाली कांग्रेसमा आबद्ध युवा तथा “चिन्ता लिनु पर्दैन हामी तपाईंको साथमा छौ नि ” अभियान अन्तर्गत कानेपोखरी हेल्प डेस्कले आज बाट कानेपोखरी गाउ पालिकाका सातै वडामा सेनिटाइजिङ अभियान शुरु गरिएको हो ।

नेपाली कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ताहरुको पहलमा स्थापना गरिएको हेल्पडेस्कले आज कानेपोखरी गाउपालिकाका ३० जना कोरोना संक्रमितको घर घरमा गएर सेनिटाईजिङ गरिएको सेनिटाइजिङ अभियानका एक जना अभियान्ता शुसिल राइले सुनाए ।

आज बाट शुरु गरिएको सो अभियानमा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य सुशील राई,क्षेत्रीय सदस्य सन्तोष फुयाल, कानेपोखरी उपसभापति मदन सेढाई ,सुनिल पराजुली, अनिल रिजाल ,कानेपोखरी वडा ३ का अध्यक्ष किर्तीमान मादेन र स्थानिय प्रहरी प्रशासनको सहभागिता रहेको थियो । सेनिटाइजिङ अभियानमा नेपाली काङ्ग्रेस जिल्ला सदस्य राजेन्द्र ढकाल, काग्रेसका युवा नेता दिपक चापागाईं र सांसद बिन्दा कार्की लगायतको प्राविधिक सहयोग रहेको राइले बताए ।

हेल्पडेस्कले दोस्रो चरणको कोरोना संक्रमण र लकडाउनमा कानेपोखरीका अति बिपन्न परिवारलाइ स्वास्थ सामाग्री तथा खाद्यान्न राहत सामाग्री बितरण गरिरहेकोछ। – खासखवरबाट

Back to top button