हङकङबाट, एकल प्रयासमा कोरोना प्रकोपको सहयोगमा नेपाललाई डेढ करोड बढिको सहयोग

उनी काम गर्ने कम्पनी मार्फत हङकङ डलर १० लाख ५ हजार (१ करोड ६० लाख ८० हजार रुपैया) प्रदान गरिएको हो ।

करिब २९ बर्षअघि सन् १९९२ मा हङकङ आएका आपुन एचके (भोटे)ले नेपालीहरुको सहयोगका लागि एकल प्रयासमा रकम संकलन गरेका छन् ।

उनी काम गर्ने कम्पनी मार्फत हङकङ डलर १० लाख ५ हजार (१ करोड ६० लाख ८० हजार रुपैया) प्रदान गरिएको हो ।

१२ बर्षदेखि निरन्तर काम गरिरहेको कम्पनीले आफ्नो देश पिडामा छट्पटाई रहेको समयमा गरेको सहयोगले भावविह्वल भएको बताउँछन आपुन एचके ।

दिउँसोको खाना खाने समयमा कम्पनीका मालिक रियल स्टेटका ब्यापारी पेट्रिक सेकले –‘आपुन तिम्रो देशमा हाम्रो तर्फबाट सहयोगको यो रकम पठाईदेउ भन्दै चेक दिए ।’
आपुन भन्छन -“मुुलुकमा केहि दिन अघि कोरोनाको तिव्र संक्रमणले छटपटाई रहेका विरामीहरु, अक्सिजनको अभावले पारेको प्रभावले राम्रोसँग निदाउँन सकिरहेको थिईन । केहि सहयोग पाईन्छ कि भन्ने झिनो आशले आफ्नो बोसलाई भनेको थिए । उहाँको मप्रतिको विश्वास र मेरो बफदारीको प्रशंसा गर्दै यतिका रकम सहयोग गरिदिनु भयो । उहाँको महानताप्रति म नतमस्तक छु ।”

नेपाल पर्वत भोक्सिङ् घर भएका आपुन संसार नै कारोनाको त्रास र पिडामा भएको बेला नेपालमा बुढी आमालाई सम्झन्छन् । औषधीको अभावमा मृत्यु भएकाहरुको समाचारले मन विचलित भएको छ उनी थप्छन् अझ सहयोगका केहि कार्य गर्न पाए आफुलाई भाग्यमानी सम्झने थिए ।

नेपालको लागि सहयोग रकम सावर एक्सन नामक संस्था मार्फत प्रदान गरिने भएको छ । सावर एक्सनले विगत लामो समयदेखी नेपालको शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको छ ।

मुअय थाई बक्सिङ र बडिबिल्डिङ मार्फत दर्जनबढि अन्तराष्ट्रिय स्टेजमा नेपालको झन्डा फहराएका आपुन सहयोग रकमको पुर्णरुपमा सदुपयोगका लागि विश्वासिलो संस्था सावरसँग सहकार्य गरिरहेका छन् । संस्थाले अक्सिजन, खाना, स्वास्थ्य सामाग्री लगायतको सहयोग उपलब्ध गराउँने छ ।

 

Back to top button