अस्ताए बरिष्ठ गायक प्रेमध्वज ll स्वर र संगितले सदैव सम्झिरहेन छ ।।

‘अब के गर्ने ? हामीलाई झुक्यायो कालले । हामी हाऱ्यौं ।’ प्रेमध्वज_दाइ ।’

काठमाडौ / वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन हृदयाघातका कारणले भएको चिकित्सकले बताएका छन् ।

काठमाडौं सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा बिहिबार दिउँसो पौने दुई बजेको समयमा प्रधानलाई हार्ट अट्याक भएको डा.प्रविण श्रेष्ठले पुष्टि गरेका छन् ।

उक्त कुराको जानकारी दिँदै निर्देशक प्रकाश सायमीले फेबसुकमा एउटा स्टाटस लेखेका छन् ।

सायमीले लेखेका छन् –‘आज दिउँसो १:४५ बजेको समय नेपाली सुगम–संगीतको स्वर्णीम यूगका लागि कष्टकारी समय भयो । डा.प्रवीण श्रेष्ठका अनुसार उहाँलाई ठीक त्यही समय हर्ट-अट्याक भयो । हाम्रो हृदयका ढुकढुकी, नेपाली सुगम संगीतको एउटा महान यूगको अन्त्य भयो । उहाँका जेठान वरिष्ठ छायाकार मञ्जुकुमार श्रेष्ठले यति भन्नु भयो–‘अब के गर्ने ? हामीलाई झुक्यायो कालले । हामी हाऱ्यौं ।’ प्रेमध्वज_दाइ ।’

Back to top button