चीन सरकारले  नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने

चीनले दिन लागेको सिलिन्डरलाई नेपाल भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको पनि उनले बताए।  

चीन सरकारले  नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिलिन्डरलाई चाँडो काठमाडौंमा ल्याउने तयारी भइरहेको छ।

सिलिन्डरहरू हवाई तथा स्थलमार्गबाट झिकाउने प्रयास अघि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

चीनले दिन लागेको सिलिन्डरलाई नेपाल भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको पनि उनले बताए।

केहि सातायता नेपालमा कोरोना संक्रमणका कारण गम्भीर समस्याका बिरामी बढ्दै गएकोले  सिलिन्डर तथा स्वास्थ्योपचारका अन्य सामग्री अभाव हुन सक्ने जनस्वास्थ्यविद्हरू बताउँदै आएका थिए।

Back to top button