नेपाल हङकङ उडान प्रतिबन्ध

यस अघिका उडानहरुमा नेपालबाट हङकङ आउँने यात्रुहरुले ४८ घण्टे पिसिआर जाँचको प्रमाणपत्र बोकेर हङकङ आउँथे ।

उडान प्रतिबन्ध नियम अन्र्तगत हङकङ सरकारले अर्को सुचना जारी नहुदासम्मका लागि हङकङ नेपाल उडानमा प्रतिबन्ध लगाएको छ ।

हङकङमा कोरोना त्रास कम भएपनि सरकारले कोरोना प्रतिरोधात्मक नियमहरुलाई निरन्तरता दिईरहेको छ । अन्य देशहरुबाट आएकाहरुबाट कोरोना संक्रमण देखिएसँगै सरकारले प्रतिबन्धको नियमलाई कडाई गरेको हो ।

कोरोना संक्रमणको हाईरिस्क देशहरु भारत, पाकिस्तान, फिलिपिन्स लगायतका देशहरुबाट हङकङ आउँने उडानलाई यस अघि नै प्रतिबन्ध गरिएको छ ।

नेपालमा कोरोनाको तिब्र संक्रमण शुरु भएसँगै हङकङ सरकारले उच्च सर्तकता अपनाएको हो ।

यस अघिका उडानहरुमा नेपालबाट हङकङ आउँने यात्रुहरुले ४८ घण्टे पिसिआर जाँचको प्रमाणपत्र बोकेर हङकङ आउँथे । हङकङमा पुन जाँच पश्चात २१ दिन अनिवार्य क्वारिन्टीन बस्ने प्रावधान थियो । हरेक उडानमा पाँचजना भन्दा बढिमा कोरोना संक्रमण देखिएमा उडान प्रतिबन्ध हुने भनिएको भएपनि हाई रिस्क देशहरुलाई अनिवार्य उडान प्रतिबन्ध गरिएको हो ।

Back to top button