४० दिने साईकल यात्रामा चित्र पौडेल

महाकाली मेची यात्राका क्रममा हुने खर्चपनि जुटाँइदिनुहुन उनले सम्पूर्ण नेपालीहरुमा अनुरोध समेत गरेका छ्न।

कानेपोखरी / सफलताको प्रतिक मेहेनत हो।मेहनत गरे नहुने के छ? भनेर हामीले प्राय सुनिरहेका हुन्छौं र हो पनि ।

मानिस मेहेनती, लगनशिल र निर्भीक भए जतिसुकै कठिन कार्य पनी सहजै रुपमा पुरा गर्न सक्छ। हो यस्तै- यस्तै उदाहरणका पात्र हुन मोरङ कानेपोखरी गाउँपालिका-०३ जय नेपाल चोक स्थायी घर भई हाल काठमाडौंलाई कार्यक्षेत्र बनाइरहेका युवा साइकलयात्री चित्र पौडेल।

उनी शारीरिक रुपमा पूर्ण तन्दुरुस्ती छैनन्। उनी पाँच बर्षको हुँदा पोलियोको कारण दायाँ खुट्टामा समस्या आयो।हाल उनको दायाँ खुट्टाले राम्रोसँग काम गर्न सक्दैन।उनी अपाङ्ग भएका छ्न।तर उनमा उर्जा भने एकरत्ति पनि घटेको छैन। विगतको केही कुरा सम्झँदै २०५९ साल मंसिर १८ गते पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्रा गर्दा विभिन्न परिस्थिति भोग्नु परेको उनी बताउँछन।

देशमा संकटकाल थियो त्यस बखत कष्टकर यात्रा पुरा गरेकामा यसपटकको यात्रा केही हदसम्म सुखद रहने विश्वास रहेको सुनाए ।२०५९ सालबाट सुरु भएको पौडेलको साइकल यात्रा अहिलेसम्म ५४ राष्ट्रमा पुगिसकेको सुनाउँछ्न र गर्व गर्दै भन्छ्न् `अझै मैले समाज र राष्ट्रका लागि धेरै योगदान गर्नुछ´। साइकलयात्री चित्र पौडेल पुनः यहि बैशाख २५ गतेबाट ४० दिनका लागि पूरा नेपाल साइकलको साथमा भ्रमण गर्ने तयारीका साथ निस्कँदै छ्न।

उनको यात्रा पश्चिम महाकालीदेखि पुर्व मेचीसम्म रहने छ।यो यात्राको मूल नारा पेडल फर डिसअबालिटी एजुकेसन २०७८ रहेको छ।यस यात्राबाट संकलित भएको रकमले अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा खर्च गर्ने पौडेलले बताए। साथै उनले कानेपोखरी गाउँपालिकामा अपाङ्ग भएका व्यक्तिहरुको लागि नि:शुल्क पुस्तकालय सुरुवात गर्ने उद्देश्यपनि रहेको जानकारी दिए।

महाकाली मेची यात्राका क्रममा हुने खर्चपनि जुटाँइदिनुहुन उनले सम्पूर्ण नेपालीहरुमा अनुरोध समेत गरेका छ्न।

उनले Global IME Bank को ४००७०१०००६५३३ आफ्नो बैक खाता नं. समेत सार्वजानिक गरेका छन ।

Back to top button