ताप्लेजुङ् आगलागी पिडितलाई चाँगे धर्तीआमाको आर्थिक सहयोग

ताप्लेजुङ् आगलागी पिडितहरुलाई १४ लाख ३३ हजार ४ सय ४२ रुपैया सहयोग रकम प्रदान गरिएको छ । चाँगे धर्तीआमा कोष हङकङ समितीले सहयोग रकम संकलन गरेको थियो ।

हङकङबाट ताप्लेजुङ् आगलागी पिडितहरुलाई १४ लाख ३३ हजार ४ सय ४२ रुपैया सहयोग रकम प्रदान गरिएको छ ।

चाँगे धर्तीआमा कोष हङकङ समितीले सहयोग रकम संकलन गरेको थियो ।

फागुन १८ गते ताप्लेजुङ जिल्लाको मिरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारमा भिषण आगलागी भएको थियो । आगलागीमा करिब ५८ घर जलेर नष्ट भयो भने करौडौं रुपैयाको भौतिक क्षति भयो ।

छिन भरमा सिगों गाउँ नै धुवामा परिणत भएन धेरैको सपना पनि जल्यो । सहयोग रकम संकलन अभियानकी संयोजक एवंम चाँगे धर्तीआमा कोष हङकङकी अध्यक्ष भद्रकला आङ्बुहाङ बताउँछिन । हामीले आफ्नो देशमा भएको भयानक पिडालाई हेरेर बस्न सकेनौ । हाम्रो सानो रकमले उहाँहरुको घाउमा थोरै भएपनि मल्हम लगाउँने कोशिस गरेका छौ । आङ्बुहाङ भन्छिन् – “सम्पुर्ण सहयोगीदाताहरुलाई धेरै धेरै धन्यवाद ।”

हस्तान्तरण गरिएको रकम आगलागी पिडित परिवारलाई २४ हजार ७ सय १४ रुपैया घरधुरिका दरले प्रदान गरिनेछ ।

पिडित रकम सहयोग संकलनका लागि हङकङ, अमेरिका, ईजरायल, जापान लगायतका देशहरुबाट सहयोगीहरुले स्वतस्र्फुत रकम सहयोग गरेका थिए ।

ताप्लेजुङ् जिल्ला अन्र्तगत चाँगे गाबिसको नामबाट चाँगे धर्तीआमा कोष हङकङ समिती गठन गरिएको हो । हङकङमा आधिकारिक सामाजिक संस्थाको नाममा दर्ता भएको चाँगे धर्तीआमा कोष शुरुवातीकालमा वृद्ध आमाबुवाहरुको सेवा गर्नका लागि स्थापना गरिएको भएपनि, कोषले ताप्लेजुङ् जिल्ला र चाँगेका जेहेन्द विद्यार्थीहरुलाई छात्रावृद्धि अक्षयकोष स्थापना, भुकम्प पिडितहरुका लागि सहयोग लगायतका क्षेत्रमा सहयोग गरिरहेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा कोषका सदस्यहरु, स्थानिय समाजका प्रतिनिधी, पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रमलाई पत्रकार ईन्द्र लक्समले सञ्चालन गरेका थिए ।

Back to top button