पथरीको सेल्फी रोडमा अब बग्गी सञ्चालन गरिदै

बग्गी चड्नका लगी कती रकम लाग्ने भन्ने बारेमा आवश्यक सल्लाह भइरहेको र सबैले चड्न सक्ने गरी रकम तोकीने सञ्चालक पोखरेलको भनाई रहेको छ ।

पथरी शनिश्चरे / पर्यटकीय गन्तव्यको रुपमा चर्चा बटुल्न सफल भएको मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर २ स्थित सेल्फि रोडमा नयाँ बर्षको अवसर पारी बग्गी सञ्चालन गरिने भएको छ ।

स्थानीय युवा तिलक थापा र कुमार पौडेलले अन्दाजी ६ लाखको लगानिमा सञ्चालनमा ल्याएको बग्गीको आज चौतारी सामुदायीक वनका अध्यक्ष मेघराज चापागाईँले रिवन काटेर उद्घाटन गरेका छन् ।

टिकटक प्रयोककर्ताहरुको प्रमुख थलोको रुपमा परिचीत बन्न सफल सो रोडमा पछिल्लो समय नेपाली मौली ड्रेस, फोटो सेसन लगायतका आकर्षणहरु थपिदै गईरहेका छ ।

एक पछि अर्को आकर्षण थपीदै गएको अवस्थामा अझ आकर्षण बढाउन बग्गी सञ्चालनमा ल्याएको सञ्चालक पौडेलको भनाई रहेको छ । पुर्वमै बग्गी सञ्चालनको थालनी नयाँ भएकाले यस्ले पर्यटकको मन जित्ने विश्वास लिएको अर्का सञ्चालक थापाले बताए ।

बग्गी चड्नका लगी कती रकम लाग्ने भन्ने बारेमा आवश्यक सल्लाह भइरहेको र सबैले चड्न सक्ने गरी रकम तोकीने सञ्चालक पोखरेलको भनाई रहेको छ ।

नयाँ कार्यको थालनी भएका कारण सबैको सपोर्ट पाएको र बग्गी सञ्चालनको लागी भारत बाटै चालक ल्याइएकोले केहि डर नमानी बग्गी चड्न सञ्चालकले अनुरोध गरेका छन् ।

तस्बिरमा हेर्नुहोस् सेल्फि रोडको रौनक ।।

 

 

Back to top button