व्यक्तिगत घटना दर्ता लगायत सम्बन्धी १६ दिने अभियान कानेपोखरीमा सञ्चालन गरिने

कागजात नागरिकता भएकोले उमेरको हद पुगेकाले समयमै नागरिकताको प्रमाणपत्र लिन पनि गाउँपालिकाले आग्रह गरेको छ ।

कानेपोखरी / मोरङको कानेपोखरीमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि दर्ता र गुनासो सम्बन्धी १६ दिने अभियान सञ्चालन गरिने भएको छ ।

आगामी बैशाख १ गतेदेखि १६ गतेसम्म गाउँपालिकाका प्रत्येक वडाका विभिन्न स्थानहरुमा शिविर संचालन गरि अभियान चलाउन लागिएको हो । घटना घटेको ३५ दिन भित्र घटना दर्ता गरी जरिवानाबाट बचौं भन्ने जानकारी दिने उद्देश्य साथै अभियानमा व्यक्तिगत घटना दर्ता जन्म,मृत्यु,बिवाह,सम्बन्ध बिच्छेद र बसाइँसराइ सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि सूचना तथा विवरण दर्ता र गुनासो सुनुवाइ सम्बन्धी शिविरमा जानकारी गराइने गाउँपालिकामा आज एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।

आगामी बैशाख २ गते देखि ८ गते सम्म प्रत्यक वडाका भिन्न-भिन्न ३ स्थानहरुमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म शिविर सञ्चालन गरिने र ९ गतेबाट १६ गतेसम्म वडा कार्यालय र गाउँपालिकाको पञ्जिकरण शाखाबाट समेत शिविर संचालन गरिने कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले जानकारी दिए ।

बैशाख २ गते वडा ७ को शुक्रबारेको त्रिवेणि चौक, चालिस बिघे चौक र शान्तीदेवि आधारभूत विद्यालयमा शिविर संचालन गरिने बैशाख ३ गते बडा ६ को सामुदायिक बन कार्यालय, बिहीबारे चौक र मिलन चौक बैशाख ४ गते वडा २ को बोहोरा टोल,दलेली खोप केन्द्र र चिसाङ बस्तीमा बैशाख ५ गते वडा ४ को पिङडात्रडा ,धम्कुवा चौक र नारायण चौकमा बैशाख ६ गते वडा ३ को बाल मा. बि हरकपुर, शिक्षा सदन मा.बि र काली मंन्दिर राजगनमा बैशाख ७ गते वडा ५ को चिसाङ बस्ती, सिंहदेबी मा.बि र भौसाबारी चौकमा र बैशाख ८ गते वडा १ को डिपु चौक, सेते चौक र स्वास्थ्य चौकीमा शिबिर संचालन गरिने बताइएको छ ।

नेपाल सरकारले वितरण गर्न लागेको राष्ट्रिय परिचयपत्रको टोली कानेपोखरीमा चाँडै आउने भएकोले यसका लागि आवश्यक पहिलो कागजात नागरिकता भएकोले उमेरको हद पुगेकाले समयमै नागरिकताको प्रमाणपत्र लिन पनि गाउँपालिकाले आग्रह गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष काफ्लेले अर्को एक फरक प्रसङ्गमा बोल्दै कानेपोखरी गाउँपालिकामा आगामी बैशाख दोश्रो साताबाट राष्ट्रिय परिचय पत्र वितरण अभियान संचालन गरिने समेत बताए ।

Back to top button