रचनमान गुरुङ अध्यक्ष्यतामा ‘३५ सदस्यीय योङ्ग कम्युनिष्ट लिग’ कानेपोखरी गाउँ कमिटी गठन

युवाहरुको बाक्लो उपस्तिथी रहेको कार्यक्रममा कानेपोखरी गाउपालिकाबाट ५० जना युवाहरु अन्य पार्टी परित्याग गरि योङ्ग कम्युनिष्ट लिगमा प्रवेश गरेका थिए ।

कानेपोखरी / योङ्ग कम्युनिष्ट लिग (Y.C.L) को कानेपोखरी गाउँ कमिटी गठन गरिएको छ ।आज कानेपोखरी २ स्थित आदिवासी जनजाती भवनमा आयोजित योङ्ग कम्युनिष्ट लिगको प्रथम युवा भेलाबाट रचनमान गुरुङको अध्यक्षतामा ३५ सदस्य गाउँ कमिटी चयन गरिएको हो ।

आज आयोजित भेलाबाट रचनमान गुरुङ अध्यक्ष , उपाध्यक्षमा रोशन राई र रमेश पाण्डे, सचिव अनिल धिमाल, सह सचिवमा सन्जिब काफ्ले, गोपाल घिमिरे, नवराज चौलागाइ र कोषाध्यक्ष सरु लिम्बु लगायतको ३५ सदस्य गाउँ कमिटी गठन गरिएको छ ।

कार्यक्रममा योङ्ग कम्युनिष्ट लिगका केन्द्रिय सदस्य खगेन्द्र सुवेदी, लिगका मोरङ जिल्ला सचिव आजय प्रवेज, माओवादी केन्द्रका १ नं प्रदेश कमिटी सल्लाकार सुर्य बहादुर धिमाल, माओवादी केन्द्रका कानेपोखरी गाउँ कमिटी संयोजक मनोज राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

युवाहरुको बाक्लो उपस्तिथी रहेको कार्यक्रममा कानेपोखरी गाउपालिकाबाट ५० जना युवाहरु अन्य पार्टी परित्याग गरि योङ्ग कम्युनिष्ट लिगमा प्रवेश गरेका थिए ।

Back to top button