रमाइलो डाइग्नोस्टिक सेन्टरद्वारा १ दिने निःशुल्क स्वास्थ्य शिविर

स्त्री तथा महिला रोग, फिजिसियन, मानसिक रोग, हाडजोर्नी तथा नशा रोग र बाल रोगसँग सम्बन्धित ६८ जना बिरामीहरुले निःशुल्क स्वास्थ्य शिविरबाट लाभ लिए

कानेपोखरी / मोरङ कानेपोखरी गाउँपालिका ६ रमाइलोमा रहेको रमाइलो डाइग्नोस्टिक सेन्टरले मंगलबार १ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ।

स्त्री तथा महिला रोग, फिजिसियन, मानसिक रोग, हाडजोर्नी तथा नशा रोग र बाल रोगसँग सम्बन्धित ६८ जना बिरामीहरुले निःशुल्क स्वास्थ्य शिविरबाट लाभ लिएका थिए। स्वास्थ्य शिविरको औपचारिक उद्घाटन संविधान सभा सदस्य लाल बहादुर सुस्लिङ मगरले गरेका थिए भने बिशेष आतिथ्यता कानेपोखरी पालिकाका प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठको रहेको थियो।

शिविर कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संविधान सभा सदस्य लाल बहादुर सुस्लिङ र पालिका प्रशासकीय अधिकृत गायत्र श्रेष्ठले यस कार्यक्रमले समावेशीरुपमा सबैलाई सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरे। उनीहरुले यसखाले कार्यक्रमले निरन्तरता पाओस भन्दै डाइग्नोस्टिकका संचालक प्रकाश धिमाललाई शुभकामना समेत दिए।

कार्यक्रममा नेकपा माओवादी केन्द्र कानेपोखरीका संयोजक मनोज राजबंशी, सामुदायिक वनका अध्यक्ष नवीन राई,रमाइलो बहुमुखी क्याम्पसका अध्यक्ष दुर्गा बहादुर कार्की, सुकुम्बासी आयोग कानेपोखरीका सदस्य राजकुमार लिम्बू, स्थानीय समाजसेवीहरु डिल्लीप्रकाश राई, गुणराज फुयल, रोशन राई लगायतको उपस्थिति रहेको थियो।

Back to top button