युवा संघ नेपालको पहलमा सरसफाई कार्यक्रम सम्पन्न

पिपलडाडाँबाट सुरु भएको सो कार्यक्रम हाटखोला, ९ वडा कार्यालय, शनिश्चरे चौक हुँदै ४ नं. वडा कार्यालय अगाडि समापन भएको थियो ।

पथरी शनिश्चरे / युवा संघ नेपाल पथरी शनिश्चरे वडा नं ९ को आयोजना सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

स्वच्छ र सफा शनिश्चरेको मुल नाराका साथ संघले शनिश्चरे बजार सफाई गरेको हो । पिपलडाडाँबाट सुरु भएको सो कार्यक्रम हाटखोला, ९ वडा कार्यालय, शनिश्चरे चौक हुँदै ४ नं. वडा कार्यालय अगाडि समापन भएको थियो ।

संघका ९ वडा कमिटिका अध्यक्ष ईश्वर दुलालको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, युवा संघ नेपालका केन्द्रिय सदस्य भक्त राई, प्रस्तावित जिल्ला सदस्य बरुण मोक्तान, नबिन ढकाल, संघका नगर अध्यक्ष किसन राई, २ नं. वडा कमिटि अध्यक्ष भिमसेन भुपाल राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका केन्द्रिय सदस्य राईले  “आफ्नो गाउँको विकास र समृद्धिकालागी युवाहरुको अहम भूमिका रहने, हामी युवाहरु एक जुट भएर गाउँ, टोल, नगर तथा देश विकासका लागी लागी परेर सहयोग गर्नु आवश्यक रहेको जिकिर गरे।

त्यस्तै संघका ९ नं. वडा कमिटि अध्यक्ष दुलालले बोल्दै  “हामी युवाहरु सधै न्यायको पक्षमा, समाजको हित र सामाजिक कार्यहरुमा अगाडि बढ्नुपर्ने सँगै आफुले गरेका फोहोरलाई आफैले व्यवस्थापन गर्नुपर्ने बताए।

कार्यक्रम उपस्थित सम्पूर्णलाई संघका ९ वडा कमिटिका अध्यक्ष दुलाललेहार्दिक धन्यवाद व्यक्त गर्दै नमूना वडा बनाउन युवाहरु सधैं सकृय रहने कुरा व्यक्त गर्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।

Back to top button