८ नम्बरमा ढाकातान तालिम सुरु !

तालिममा ८ नम्बर वडाका १७ जना महिलाको सहभागिता रहेको छ ।

पथरी शनिश्चरे /  मोरङको पथरी शनिश्चरे ८ को केर्खा टोलमा दुई महिने ढाकातान तालिमको आज उद्घाटन् भएको छ ।

नुमाफुङ महिला समूहको आयोजनामा सुरु भएको तालिमको नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले उद्घाटन गर्नुभयो । उद्घाटन् मन्तव्य व्यक्त गर्दै उहाँले महिलाहरु आत्मनिर्भर बन्न यस्ताखाले तालिमको आवश्यकता बुझेर र युवानेता नबिनजङ्ग कार्कीको पहलमा नगरपालिकाले कार्यक्रम प्रदान गरेको बताउनु भयो ।

कार्यक्रममा युवा समाजसेवी नविनजंग कार्कीले शुभकामना मन्तव्य राख्दै वडाको हरेक महिला तथा युवाहरूलाई सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन आफुले भुमिका खेल्ने बताउतै बिगत लामो समयदेखि बन्द भएको लिम्बू भाषा विद्यालय पुन संचालन गर्ने र किरात मन्दिर निर्माणका लागि यहि आर्थिक बर्षमा केही बजेट समेत खोज्ने प्रतिबद्धता गर्नुभयो ।

तालिममा ८ नम्बर वडाका १७ जना महिलाको सहभागिता रहेको छ । नगरको १ लाख ५० हजार रुपैयाँको बजेटमा तालिम सञ्चालन भएको हो ।

Back to top button