कानेपोखरी ४ मा निःशुल्क स्वास्थ्य शिविर, ५९ जना मधुमेह र रक्तचापको बिरामीले लाभ लिए

सुगर(मधुमेह), प्रेसर(रक्तचाप) चेकजाँच तथा परामर्श फिजिसियन डा. राजेश सिंह, सर्पदशंबाट बच्ने उपायहरु सर्प विज्ञ प्रेम विष्ट र मनोविमर्ष परामर्श प्रतिमा गुरुङले सहजिकरण गरेका थिए ।

कानेपोखरी / मोरङको कानेपोखरी –४, नं. वडा कार्यालयको आयोजनामा निःशुल्क एक दिने स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार भएको शिविरमा सुगर(मधुमेह), प्रेसर(रक्तचाप) चेकजाँच तथा परामर्श, सर्पदशंबाट बच्ने उपायहरु र मनोविमर्ष परामर्श सम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा वडाको ५९ जना सुगर र प्रेसरका बिरामीले निःशुल्क सेवा लिएका थिए ।

सुगर(मधुमेह), प्रेसर(रक्तचाप) चेकजाँच तथा परामर्श फिजिसियन डा. राजेश सिंह, सर्पदशंबाट बच्ने उपायहरु सर्प विज्ञ प्रेम विष्ट र मनोविमर्ष परामर्श प्रतिमा गुरुङले सहजिकरण गरेका थिए । कार्यक्रम भुल्के मिडिया प्रालिको आयोजनामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष धनबहादुर राईले वडाको गतिविधिको बारेमा र गाउँपालिकाका स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले स्थानीय स्वास्थ्य क्षेत्रको बारेमा मन्तव्य राखेका थिए ।

कार्यक्रम मोहन भट्टराईको सभापतीत्वमा भएको हो । अतिथिहरु वडासदस्य रोषन लामिछाने गुरुङ, शिव दुलाल, सावनी माझी र श्यामकुमारी बिक, बयरवन स्वास्थ्य चौकी इन्चार्ज ओमप्रकास लिम्बु, समाज सेवी डम्बर कटुवाल लगायतको उपस्थिति रहेका थियो।

Back to top button