कानेपोखरीमा यौनजन्य हिंसा, सचेतना र नियन्त्रण नामक १ दिने प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

बालिकाहरु यौनजन्य हिंसामा पर्नुको कारण र यसको नियन्त्रण गर्ने उपायहरुको बारेमा ज्यादै सरल र सहजरुपमा प्रशिक्षण दिएका थिए ।

कानेपोखरी / मोरङको कानेपोखरीमा सोमबार यौनजन्य हिंसा, सचेतना र नियन्त्रण नामक एक दिवशिय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कानेपोखरी ६ स्थित रमाइलो सकोस भवनमा स्थानिय पर्ल एकेडेमी विद्यालयको आयोजनामा सो प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको हो । प्रदेश नं १ का सांसद सुयर्मा राज राई प्रमुख अतिथी रहेको कार्यक्रममा महिला तथा बालिकाहरुलाई यौनजन्य हिंसाबाट कसरी जोगाउन सकिन्छ भन्ने बिषयमा चर्चा गरिएको थियो ।

प्रशिक्षणात्मक कार्यक्रमको प्रशिक्षकको रुपमा ओरेक नेपालकि प्रतिनिधि खेम कुमारी दाहाल र नारी विकास संघकी शुसिला कार्कीले महिला तथा बालिकाहरु यौनजन्य हिंसामा पर्नुको कारण र यसको नियन्त्रण गर्ने उपायहरुको बारेमा ज्यादै सरल र सहजरुपमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रदेश १ का सांसद सुयर्मा राज राई ,स्थानिय राजनितीज्ञ जयराज संयोग , स्थानिय जनप्रतिनिधीहरु खड्ग बस्नेत, मोहन अधिकारी लगायतले शुभकामाना मन्तव्य दिएका थिए ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, स्थानिय विद्यालयहरुका शिक्षक, शिक्षिका, विद्यालयका विद्यार्थी लगायतको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व पर्ल एकेडेमीकी संचालिका मनु गुरुङले गरेकी थिइन ।

प्रशिक्षण कार्यक्रमको संयोजन विद्यालयका शिक्षक सुशील राइले गरेका थिए ।

Back to top button