ओलीलाई लोकतन्त्र र गणतन्त्रसँग एलर्जी छःप्रदेश सासद कुलप्रसाद साम्बा

प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको संसद विघटन मर्यादा विपरित, असंवैधानिक भएको जिकिर गर्दै तत्काल संसद पुर्न:गठन गर्न तर्फ लाग्न चेतावनी समेत दिए।

कानेपोखरी / मोरङ क्षेत्र नं.१ (क)बाट निर्वाचित प्रदेश सांसद कुलप्रसाद साम्बा (कुशल)ले प्रधानमन्त्री केपि ओलिको प्रतिगमन विरुद्ध पार्टी र संविधानलाई जोगाउन गणतन्त्रको रक्षाका निम्ति कानेपोखरीका हरेक नेता कार्यकर्ता संगै आमजनता सबै एकजुट हुनुपर्नेमा जोडदार तरिकाले लाग्न आवश्यक रहेको बताए।

उनले ओलीलाई लोकतन्त्र र गणतन्त्रसँग एलर्जी भएको र ओली समूहले तमासा मात्र गरिरहेको आरोप लगाए। ओलीले विकास गर्नु भन्दापनी भत्काउने काम मात्र गरेको उनको दावी थियो।प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको संसद विघटन मर्यादा विपरित, असंवैधानिक भएको जिकिर गर्दै तत्काल संसद पुर्न:गठन गर्न तर्फ लाग्न चेतावनी समेत दिए।

जनताका प्रतिनिधिले इतिहासमा पहिलो पटक बनाएको संविधान विघटन गर्ने उद्देश्यबाट प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरित प्रतिनिधि सभा विघटन गरेको भन्दै साम्बाले प्रधानमन्त्रीको उक्त प्रयत्न हरदम असफल बनाउने चेतावनी दिए ।सो कुरा उनले नेपाल कम्युनिष्ट पार्टी(नेकपा )प्रचण्ड माधव पक्ष निकट कानेपोखरीका राष्ट्रिय युवासंघ नेपालले आयोजना गरेको कानेपोखरी वडा नं ६ स्थित भुल्के सिमसार वनभोज कार्यक्रमको क्रममा बताएका हुन।

४ सय ५० जना जति नेता कार्यकर्ताहरुको उपस्थिति रहेकाे वनभोज कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी संबिधान सभा सदस्य लाल बहादुर सुस्लिङ मगर(सबिन),चन्डीप्रसाद राई,प्रदेश सांसद युवा फ्याक्सन १ नं प्रदेश इन्चार्ज कुलप्रसाद साम्बा (कुशल),इन्द्र सुब्बा ,मोरङ जिल्ला सचिवालय सदस्य एवम् कानेपोखरी इन्चार्ज राजेन्द्र मण्डल (अविनाश),सह इन्चार्ज अम्बिका अर्याल,युवा संघ केन्द्रिय सदस्य इश्वरी आचार्य ,कानेपोखरी पार्टी सचीव एवम संघर्ष समिती संयोजक मनोज कुमार राजवंशी,युवा संघ मोरङ संयोजक शंखर भट्टराई ,प्रदेश सल्लाहकार सदस्य खुल्लु राजवंशी, देबेन्द्र दाहाल,सहिद बेपत्ता फाउन्डेसन कानेपोखरी अध्यक्ष एकराज फुयल त्यसैगरी युवा संघ जिल्ला सदस्यहरु बबि अधिकारी ,नितेश कार्की,नवीन गुरुङ ,रेवत कार्की ,भुपेन्द्र सुब्बा, भुमी दुलाल, रोशन राई, बिशुराज राईलगायतकाे उपस्थिती रहेकाे थियाे ।

वनभाेजमा उपस्थित सबैलाई युवा संघ जिल्ला सदस्य नवीन गुरुङले स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए भने देबेन्द्र दाहाल, इश्वरी आचार्य ,राजेन्द्र मण्डल, चण्डि राई,लाल बहादुर सुस्लिङ मगर (सबिन),इन्द्र सुब्बालगायतले पनि आफ्ना विचार राखेका थिए ।

Back to top button