हङकङमा सार्वजनिक भयो “मलसाप्रो प्रेम”

भिडियोलाई फेदाफाङ्मा युटयुव च्यानलबाट सार्वजनिक गरिएको छ ।।

हङकङ / फुलेन्देको बाउ उपनामले चर्चित मौसम ईम्बुङ् लिम्बु र कल्पना नेम्वाङ् अभिनित भिडियो सार्वजनिक भएको छ ।

लिम्बु समुदायमा सोल्टी सोल्टनीबीचको आत्मिक प्रेम र मायालु संवादमा बनेको गीतलाई भिडियोको स्वरुप दिईएको हो ।

हङकङमा छायाङ्कन गरिएको भिडियोलाई निर्देशक युगल पोमो लिम्बुले निर्देशन, कोरियोग्राफी गरेका छन् ।
हङकङको शुन्दर पर्यटकिय स्थल सिङ्मुन, वाटर रिजरभर, कौलन पिक लगायतका स्थानहरुमा गीतको भिडियो खिचेका छौ । निर्देशक पोमो भन्छन् – “लिम्बु संस्कृती झल्कने भेषभुषा, विवाह गर्ने उमेर पुगेका जोडीको प्रेमील संवाद नै भिडियोको मर्म हो । करिब एकसाता लगाएर उत्कृष्ट भिडियो निर्माणको प्रयास गरेका छौ ।”

भिडियोलाई मज्जाको राईले छायाङ्कन, सम्पादन र कलरिङ् गरेका छन् ।

लिम्बु भाषामा किधी काप्सा भन्नाले मलसाप्रो प्रेम भन्ने अर्थ लाग्दछ । मलसाप्रो (न्याउरी मुसा) को प्रेम अजिवको हुन्छ, एकअर्काको प्रेममा लिन भएको बेला आफ्नो ज्यान गएको पनि पत्ता नपाउँने मलसाप्रोलाई मिथककोरुपमा गीतमा प्रयोग गरिएको छ । राई भन्छन – “गीतलाई सवटाईटलमा प्रस्तुत गरिएकोले पनि बुझ्न मद्धत गर्दछ, अझ भिडियोले गीतको मर्मलाई न्याय गरेको छ ।”

यासेली योङ्हाङको रचना देबेन चेम्जोङ्को संगित रहेको गीतलाई नेपाल स्टार सिजन १ को उपविजेता लक्ष्मण लिम्बु र सीता सिङ्गकले आवाज दिएका छन् ।

भिडियोलाई फेदाफाङ्मा युटयुव च्यानलबाट सार्वजनिक गरिएको छ ।।

हेर्नुहोस् भिडियो ।।

Back to top button