सरस्वती विद्यालयमा सरस्वती पुजाको अवसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम

विद्यालयलाई आर्थिक र जिन्सी सहयोग गर्नेहरु ५० भन्दा बढीलाई कार्यक्रमकै दौरानमा प्रमुख अतिथी, बिशिष्ट अतिथीबाट स-सम्मान सम्मान पत्र प्रदान गरिएको थियो।

कानेपोखरी /  मोरङ कानेपोखरी गाउँपालिका ६ मा रहेको श्री सरस्वती आधारभूत विद्यालयले सरस्वती पूजाको विशेष अवसर पारी सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय परिवार र भुतपुर्व विद्यार्थी संगठनको संयुक्त आयोजनामा यस कार्यक्रम सम्पन्न भएको हो। सरस्वती पूजाको कार्यक्रम सकेपश्चात विभिन्न क्षेत्रबाट उपस्थित भएका व्यक्तीहरुको समक्ष यस विद्यालयलाई नमुना विद्यालय रुपमा चिनाउनका लागि आर्थिक तथा जिन्सि सहयोग पुर्याउने व्यक्तिहरु, विद्यालयका लागि अक्षयकोष निर्माणकर्ताहरु, जग्गादातालगायतलाई सम्मान गरिएको थियो।

२०४४ सालमा विद्यालय स्थापना हुँदा जग्गा साथै रकम सहयोग गरेकी स्थानीय मनमाया राउतलाई दोसल्ला ओडाएर सम्मान गरियो भने स्व.कालुसिंह/आइतरानी/बुधरानी साँवा अक्षयकोष निर्माणकर्ता कानेपोखरी ६ का धनबहादुर साँवा(लिम्बू)का प्रतिनिधि शुक्रहाङ साँवालाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरिएको थियो।

विद्यालयको स्थापना कालदेखी स्थापित गराउनका लागि अहोरात्र खटी अमूल्य सहयोग पुर्याएका स्व.हर्कबहादुर दियालीका नाममा अक्षयकोष निर्माण गरिदिने उनका छोरा सुरेन्द्र दियालीलाई दोसल्ला ओडाएर सम्मान गरियो संगै दियालीको मुख्य पहलमा उनी हाल अध्यक्ष रहेको संस्था लायन्स क्लब अफ काठमाडौ टि कपनको तर्फबाट प्राप्त करिब ६० हजार मूल्य बराबर विद्यार्थीका लागि खेल्ने सामग्री स्कुललाई हस्तान्तरण गरे।

विद्यालयलाई आर्थिक र जिन्सी सहयोग गर्नेहरु ५० भन्दा बढीलाई कार्यक्रमकै दौरानमा प्रमुख अतिथी, बिशिष्ट अतिथीबाट स-सम्मान सम्मान पत्र प्रदान गरिएको थियो। संगसगै कार्यक्रममा २०७६ सालमा विभिन्न बिधामा उत्कृष्ट हुनेलाई र कक्षागत हिसाबले प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थीहरुलाई स्कुलका प्रधानाध्यापक चन्द्र मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराइलीले एकसाथ कापीकलम वितरण गरेका थिए।

सरस्वती पुजा विशेष सम्मान तथा सांस्कृतिक कार्यक्रमको सभाअध्यक्ष व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराईली, प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, विशिष्ट अतिथी वडा नम्बर ६ का अध्यक्ष खड्क बस्नेत, मनोज राजवंशी, सन्तोष फुयल, देवेन्द्र लुइँटेल, भुमी दुलाल, देवेन्द्र थापा, नवीन राई, बिवेक लिम्बू, बिष्णुकुमार रोक्काको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष ताराबहादुर काफ्ले बोल्दै विद्यालय सुधारको निम्ति महत्त्वपूर्ण भुमिका निर्वाह गरेका सम्पूर्णलाई धन्यवाद दिदै हरेक समय पालिकाले विद्यालयलाई निरन्तर सहयोग गरिरहने जानकारी दिए।

Back to top button