हङकङमा चाईनिज (लुनार) नयाँबर्षको रौनक

हाम्रा धेरै आफन्त चाईनामा छन् । कोरोना जोखिमकै कारण उनीहरु पनि आउँन पाएनन्, हामी पनि जान पाएनौ । नयाँबर्षलाई अझ भब्यरुपमा मनाउँन त मन थियो तर आफ्नो ज्यान भन्दा ठुलो पर्व नहुने रहेछ ।

हङकङ / ब्यस्त शहर हङकङमा विरलै पाईन्छ बिदा । हप्तामा एकदिन पाएको विदामा पनि पार्टटायम काम खोजेर गर्नु पर्ने बाध्यता छ धेरैको । कहिले सार्वजनिक विदा होला र आनन्दले परिवारसँग बसौंला, घुमौला भन्नेहरुका लागि नयाँ बर्षले उमंग भरिदिएको छ ।

शरद ऋतु अनि ४ दिनको विदा, हङकङमा चाईनिज नयाँ बर्ष (लुनार न्यु ईयर) चलिरहेको छ ।

गोरु बर्षकोरुपमा चाईनिज (लुनार न्यु ईयर)को लागि चारदिने विदा शुरु भएको छ । स्थानिय बजार, ब्यवसाय, कलकारखाना सवै ठप्प छन् । सुनसान बजारमा मानिसहरुको चहलपहल पातलो छ । प्रमुख पर्यटकीय स्थलहरुमा घुम्ने, खाने र रमाईलो गर्नेहरुको घुइचो लागेको छ ।
बर्षमा एकपटक चाईनिज नयाँ बर्षको समयमा हङकङ मज्जाले सिगांरिएको हुन्छ । ब्यवसायिक तनाव र दौडधुपलाई थाती राख्दै नितान्त पारिवारिक समय ब्यक्तित गर्र्छन हङकङेलीहरु ।

हङकङमा ब्यापार, ब्यवसायसँगै नेपालीहरुको ठुलो जनसंख्या निर्माण र सुरक्षाको क्षेत्रमा कार्यरत छन् । दैनिकी ८ घण्टा र १२ घण्टाको ड्युटीले न परिवारलाई समय छ, न आफ्नै लागि ।

नयाँ बर्ष लागेसँगै पाएको विदामा परिवारलाई समय दिईरहेका छौ । निर्माण क्षेत्रमा कार्यरत बिनोद बस्नेत भन्छन् हङकङको यो रौनकसँगै बालबच्चालाई पर्याप्त समय दिईरहेको छु । ब्यस्तताको बापजुत घुम्न नपाएका ठाउँहरु घुमिरहेको छु । पारिवारिक आत्मियताले विदेशमा कर्म गरेपनि आफ्नो देशमा भएको महशुस हुने रहेछ ।

लगभग १ हप्ताको नयाँ बर्ष सेलिब्रेशनको छुट्टिमा काम र घर भन्दा कहिल्यै बाहिर ननिस्किने नेपालीहरु पनि वेफिक्रीसँग घुमिरहेको भेटिन्छन । हङकङ सरकारले पनि यहि पर्वलाई मध्यनजर गर्दै सार्वजनिक स्थानहरु बेहुलीझै सिगारेको छ । बिहानैबाट खाना सहित बन्दोबस्तका साथ बाहिर निस्किएकाहरुको तातीले हङकङको हरेक स्थानमा ब्यस्तता बढेको छ ।

बहुसांस्कृतिक सभ्यता र संस्कृतिमा रमाएको हङकङमा बसोबास गर्ने नेपालीहरु पनि सवै प्रकारका चाडपर्वमा आफुलाई अभ्यस्त गराईरहेका छन् । पाश्चात्य चाडपर्वसगै मौलिकताका पर्वहरु पनि उत्तिकै सहज र महत्वका साथ मनाईरहेका हुन्छन् ।

हङकङमा वृद्ध, वृद्धाहरुका लागि केयरिङ गर्ने छुट्टै निकाय छ । छोराछोरीहरुको ब्यस्तता र दैनिकीको कारणले हेरचाहमा समस्या नहोस भनेर कतिले आफ्ना वृद्ध आमाबाबालाई केयरिङ् सेन्टरमै लगरे राख्छन् । चाईनिज नयाँ बर्ष त्यस्तो दिन हो, जुन दिन ति वृद्ध आमा बाबालाई खानेकुरा, कोशेलीसहित छोराछोरी भेट्न जान्छन्, घुमाउँन लैजान्छन् ।

नेपालीहरुको संस्कृतिमा आफ्ना बाबा आमा वृद्ध भएपछि आफुसँगै राखी हेरचाह गर्ने परम्परा छ, यहि परम्परालाई नयाँ बर्षको विदाले थप मलजल प्रदान गरेको पत्रकार मज्जाको राई बताउँछन् । बिगत सात बर्षदेखि निर्माण क्षेत्रमा कार्यरत श्रीधर छुट्टीको समयमा शरिर र दिमागलाई पूर्णरुपमा रेस्ट दिने बताउँछन् । परिवार नेपालमै छन्, दिनरातको कामले थकित भएको छु, केहि दिनको विदाले राहत महशुस भएको छ उनी भन्छन् ।

त्रासबीचको रौनकता

नयाँबर्षको रौनकतासँगै हङकङमा कोरोना कहरको त्रासपनि उत्तिकै छ । सरकारले निश्चित स्थानहरुमा एम्बुस लकडाउन गर्दै कोरोना जाँच कार्यलाई निरन्तरता दिईरहेको छ ।

कार्यक्षेत्रहरुमा अनिवार्यरुपमा कामदारलाई कोराना जाँचसँगै कोरोना प्रतिरोधात्मक उपकरणहरुको प्रयोग गर्न अपिल गरिरहेको छ । पछिल्लो केहि महिनायता समुदायमा अचानक तिव्रगतिमा फैलिरहेको कोरोना भाईरसको नियन्त्रणका लागि सामाजिक दूरिको नियम, होटल रेष्टुरेन्ट लगायतका स्थानहरुमा कोभिड प्रतिरोधात्मक नियम, सार्वजनिक पार्क, सभा सम्मेलन आदिमा समुहमा भेला हुन नपाईने लगायतका नियमहरुलाई कडाईका साथ पालन गराईरहेको छ ।

कोरोनाको त्रासबीचमा पनि नयाँ बर्षको रौनकलाई कमि महशुस गरिएको देखिदैन । पर्यटकिय स्थल, होटल रेष्टुरेन्टहरुमा सामाजिक दूरिको नियम पालन गर्दै एकअर्कामा नयाँबर्षको शुभकामना आदनप्रदान गरिरहेका छन् स्थानियहरु ।

योङ चाङ् (एक स्थानिय) भन्छन् हाम्रा धेरै आफन्त चाईनामा छन् । कोरोना जोखिमकै कारण उनीहरु पनि आउँन पाएनन्, हामी पनि जान पाएनौ । नयाँबर्षलाई अझ भब्यरुपमा मनाउँन त मन थियो तर आफ्नो ज्यान भन्दा ठुलो पर्व नहुने रहेछ ।

लाईसी (रेड पकेट)

आजको दिन मात्र मैले २ हजार डलर कमाए । हङकङ स्थित मार्सल स्कुलको सुरक्षा गार्डकोरुपमा कार्यरत प्रेम घलेले भने । विहानैबाट शिक्षक, अभिभावकहरुबाट चाईनिज नयाँ बर्षको शुभकामनास्वरुप घलेले उक्त रकम पाएका हुन् ।

उनी मात्र हैन चाईनिज नयाँ बर्षको अवसरमा ठुलाले आफुभन्दा साना र अफिसका कर्मचारीहरुलाई शुभकामना ब्यक्त गर्दै रातो खाममा केहि रकम हालेर (लाईसी) भनी दिने चलन छ । अझ भिआईपी होटल, रेष्टुरेन्टमा काम गर्नेहरुका लागि नयाँ बर्षमा लाईसीको ओईरो नै लाग्छ ।

जसरी हाम्रो नेपाली समुदायमा ठुला चाडपर्वका बेला आफुभन्दा सानालाई टिका लगाएर पैसा या गिफ्ट दिने चलन छ, त्यस्तै चिनीयाँ समुदायमा पनि नयाँ बर्षमा लाईसी दिने प्रचलन छ ।।

आवरण तस्बिरमा : नयाँ बर्षको कारण सुनसान ब्यवसायी मार्ग

 

 

Back to top button