मितेरी च्यालेन्ज कपको सेमीफाइनलमा धरान फुटबल एकेडेमीको प्रवेश

आजको खेलको म्यान अफ द म्याच धरान सिटी फुटबल एकेडेमीका जर्सी नं १२ का बिकु तामाङ घोषित हुदै नगद २ हजार हात पारे ।

कानेपोखरी / मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित आइतबारेमा जारी मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिताको आज भएको खेलमा ५-४ गोल अन्तरले ब्वाइज युनाइटेड काठमाडौलाई ट्राइब्रेकरमा हराउदै धरान सिटी फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान सिटी फुटबल एकेडेमी र ब्वाइज युनाइटेड काठमाण्डौ बिच भएको प्रतिस्पर्धाको निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिएपछी पछि खेल ट्राइब्रेकरमा धकेलीएको थियो ।

आज भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टिमबाट खेलाडीहरुले गोल लगाउने सुनौलो अवसर पाए पनि दुबै टिमले सो अवसरलाई सदुपयोग गर्न नसके पछि प्रतियोगितालाइ ट्राइब्रेकर मार्फत निर्णय गरिएको थियो ।

आजको खेलको म्यान अफ द म्याच धरान सिटी फुटबल एकेडेमीका जर्सी नं १२ का बिकु तामाङ घोषित हुदै नगद २ हजार हात पारे ।

भोलिबाट शुरु हुने सेमीफाइनलको पहिलो खेल आयोजक मितेरी युवा क्लब र शैनिक फुटबल क्लब झापा बिच हुने आयोजक समितिले जनाएको छ ।

Back to top button