मितेरी च्यालेन्ज कपको तेश्रो दिन:शैनिक फुटबल क्लबको जित

आजको खेलको म्यान अफ दि म्याच शैनिक फुटबल क्लब झापाका क्याप्टेन विकेश लिम्बू घोषित हुँदै २ हजार रुपैयाँ नगद प्राप्त गरे।

कानेपोखरी  / मोरङ कानेपोखरी गाउँपालिका-०७ आइतबारेमा संचालन भइरहेको मितेरी च्यालेन्ज कपको तेश्रो दिन अन्तर्गत आज भएको खेलमा डाँगिहाट फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउदै शैनिक फुटबल क्लब झापा विजयी भएको छ।

खेलको ३० औ मिनेटमा डाँगिहाटका लागी मनिष थापाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।त्यसको केही मिनेट पश्चात् ४६ औं मिनेटमा शैनिकका विशाल दर्जीले गोल गरि खेललाई बराबरीमा ल्याएका थिए।तर, खेलको ५४ औं मिनेटमा शैनिकका रोमन भुजेलले एक गोल थप्दै टिमको जित सुनिश्चित बनाएका हुन।

खेलको गोलकर्ताहरु विशाल दर्जी र रोमन भुजेललाई क्रमशः १५ सय र पाँच सय रुपैयाँ साथै शैनिकका गोलकिपर विप्लप गुरुङलाई १ हजार हौसला स्वरुप कानेपोखरी ६ बिहिबारेका प्रकाश पुरीले प्रदान गरेका थिए।

आजको खेलको म्यान अफ दि म्याच शैनिक फुटबल क्लब झापाका क्याप्टेन विकेश लिम्बू घोषित हुँदै २ हजार रुपैयाँ नगद प्राप्त गरे।

भोलीको खेल धरान फुटबल क्लब धरान र ब्वाइज युनाइटेड काठमाडौका बिच हुँदैछ।

Back to top button