
कानेपोखरी / मोरङ कानेपोखरी गाउँपालिका-०७ आइतबारेमा संचालन भइरहेको मितेरी च्यालेन्ज कपको दोस्रो दिन अन्तर्गत आज भएको खेलमा ए.पि.एफ. पकलीलाई ट्राईब्रेकर ४-३ गोल अन्तरले हराउदै गाईघाट फुटबल क्लब विजयी भएको छ।
निर्धारित समयमा दुवै तर्फबाट बराबर १-१ गोल भएपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
खेलको तेस्रो मिनेटमा गाईघाटका दिपेश भुजेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए त्यसको केही मिनेट बित्न नपाउदै खेलको ९ औं मिनेटमा ए.पि.एफ. का लागी सुदेश जुगेवुले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। खेलको दोस्रो हाफमा दुवै तर्फबाट गोलको निकै राम्रो प्रयास भएपनी गोल हुन सकेन।
आजको खेलको म्यान अफ दि म्याच गाईघाट फुटबल टिमका जर्सी नं ७ का शरद कुमार राई घोषित हुँदै नगद २ हजार रुपैयाँ प्राप्त गरे ।
भोलिको खेल डाँगीहाट फुटबल क्लब र शैनिक फुटबल क्लब झापा बिच हुने आयोजक कमिटीले बताएको छ ।