
कानेपोखरी / मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित आइतबारेमा जारी मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मितेरी फुटबल क्लब विजयी भएको छ ।
स्थानिय जनकल्याण मा.बि को खेल मैदानमा आज भएको प्रतियोगितामा आयोजक मितेरी युवा क्लबले सतन युवा क्लब ईटहरीलाइ ० का विरुद्ध ४ गोल अन्तरले पराजय गरेको हो ।
मितेरी युवा क्लबको तर्फबाट पहिलो हाफको छैटौ मिनेटमा जर्सी नं ९ का बिजय ढकालले पहिलो गोल गरे ।मितेरी युवा क्लबका जर्सी नं ११ का सरोज कार्कीले २ गोल गरेका थिए । मितेरी युवा क्लबका जर्सी नं ७ का संजय धिमालले पहिलो हाफको २० औ मिनेटमा १ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याचमा आयोजका टिमका सरोज कार्की घोषित हुदै २ हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको पहिलो गोलकर्ता खेलाडीको रुपमा आयोजक टिमकै बिजय ढकाल पुरस्कृत हुदै नगद १ हजार हात पारेका थिए ।
आयोजक समितिले आज प्रतियोगिताको उद्घाटन एक भव्य औपचारिक कार्यक्रमका बिच गरेको थियो । उद्घाटन समारोहमा प्रदेश संसद सुयर्माराज राई लगायतका अन्य समाजसेवी तथा खेलप्रेमीहरुको बाक्लो उपस्तिथी रहेको थियो ।
भोलिको खेल गाईघाट युवा क्लब र शसस्त्र प्रहरीको बिभागिय टिम पकली बिच दिनको २ बजे बाट शुरु हुने आयोजक समितिले जनाएको छ ।