हङकङमा भेट्टियो “सम्पतीमा बिक्ने माया”

आधादर्जन स्थानिय कलाकारहरुको अभिनय रहेको भिडियोलाई रोमियो फिल्मस् युटयुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

धन हुदा देउतालाई झै माया गर्ने मान्छे
आज गरिब भएपछि छि छि दुरदुर गर्छे

आज टाट पल्टेपछि उल्टै कुल्चि हिड्छे
ए हजुर के जमाना आयो

सम्पतीमा बिक्ने माया कता हरायो ।

गायक प्रविन वेडवालको स्वर, खगेन्द्र पन्धाक लिम्बुको रचना र संगितमा तयार भएको गीतको भिडियो सार्वजनिक भएको छ ।
किशोरकुमार पन्धाकको निर्देशन र अभिनयमा तयार भिडियोमा उनलाई सीताकुमारी तम्बाफोले साथ दिएकी छिन् ।

परिवारप्रतिको साथ, प्रेम र महत्वलाई पैसामा तुलना गर्नेहरुको माया पनि क्षणिक र स्वार्थी हुन्छ । हामी नेपालीहरुको विवशता र कहानीलाई प्रतिनिधीत्व गर्ने कथालाई भिडियोमा प्रस्तुत गर्ने प्रयास गरेका छौ कलाकार तथा निर्देशक किशोर भन्छन् । हङकङलाई कर्मथलो बनाएका उनले थात्थलो र घरजम चलचित्र निर्माण तथा अभिनय गरिसकेका छन् ।

विक्रम गुरुङको छायाङ्कन रहेको भिडियोलाई खगेन्द्र पन्धाकले सम्पादन गरेका छन् ।

आधादर्जन स्थानिय कलाकारहरुको अभिनय रहेको भिडियोलाई रोमियो फिल्मस् युटयुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् ।।

Back to top button