रमाईलो च्यालेन्ज कपको उपाधी हिमाल युनाइटेडलाई

फाइनल खेलको पहिलो गोलकर्ताको उपाधी बिजेता टिमका १२ नं जर्सीका अस्मिन राइले हात पारे

कानेपोखरी / मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलोमा आयोजित रमाइलो च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी हिमाल युनाइटेड क्लब बिहिवारेले चुमेको छ ।

आज भएको फुटबल प्रतियोगितको फाइनल खेलमा रमाइलो फुटबल क्लबलाई ३—० गोल अन्तरले पछि पार्दै हिमाल युनाइटेड फुटबल क्लबले उपाधी चुमेको हो । प्रतियोगिताको पहिलो हाफको ३० औ मिनेटमा युनाइटेट क्लबका १२ नं जर्सीका अस्मिन राइले पहिलो गोल गरे । पहिलो हाफको ३३ औ मिनेटमा युनाइटेडकै ८ नं जर्सीका बिक्रम गुरुङले दोश्रो गोल गरेका थिए । प्रतियोगिताको दोश्रो हाफको २९ औ मिनेटमा युनाइटेडका जर्सी नं २ का बिश्वजीत राइले टीमका लागि तेश्रो गोल गर्दै रमाइलो फुटबल क्लबलाई ३—० अन्तरले पछि पारेको हो ।

प्रतियोगिताको फाइनलका खेल बिजेता हिमाल युनाइटेड क्लबले नगद २५ हजार , शिल्ड र प्रमाणपत्र र उप बिजेता टिम रमाइलो फुटबल टिमले १५ हजार नगद शिल्ड र प्रमाणपत्र हात पारे ।

फाइनल खेलको पहिलो गोलकर्ताको उपाधी बिजेता टिमका १२ नं जर्सीका अस्मिन राइले हात पारे, प्रतियोगिता भरिका सर्वाधिक गोलकर्ताको रुपमा हिमाल युनाइटेडका जर्सी नं ७ का काजीमान राई र रमाइलो फुटबल टिमका जर्सी नं ७ का कमल परियार घोषित भए । खेलको उत्कृष्ट खेलाडीको रुपमा बिजेता टिमका जर्सी नं ७ का काजीमान राइ घोषित भए ।

प्रतियोगिताको अनुशासित खेलाडीको रुपमा बिजेता टिमका जर्सी नं १४ का तारामान घिसिङ घोषित भए । खेलका दौरान हिमाल युनाइटेडका जर्सी नं ७ र रमाइलो फुटबल क्लबका जर्सी नं १३ का बिश्वास मैनालीले पहेलो कार्ड पाएका थिए ।

कानेपोखरी सेवा समाजद्धारा गत माघ १७ गते देखि आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनल खेलको एक औपचारिक कार्यक्रमका बिच भब्य उद्घाटन गरिएको थियो । कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्ले लगायत अन्य समाजसेवी तथा खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

Back to top button