रमाइलो जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण सम्पन्न

कार्यक्रमका प्रमुख अतिथी कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए।उनले युवाहरु उर्जाशिल, जागरुक, गतिशील र नेतृत्व गर्न सक्ने भएकाले समाज र राष्ट्रको सकरात्मक परिवर्तनको लागि लाग्न सम्पूर्ण जेसिस सदस्यहरुलाई शुभकामना दिए।

कानेपोखरी / रमाइलो जेसिजले शुक्रबार तेस्रो पदस्थापना तथा पुरस्कार वितरण समारोह कानेपोखरी ६ स्थित रमाइलो साकोसको भवनमा सम्पन्न गरेको छ।

समारोहमा बर्ष २०२० का अध्यक्ष सुमन अधिकारीले बर्ष २०२१ लागि नवनिवार्चित अध्यक्ष भानु फुयललाई चेन सहित जिम्मेवारी हस्तान्तरण गरेका थिए। सो औपचारिक कार्यक्रमको सुरुवात पदस्थापना कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले पानसमा बत्ति बालेर र कार्यक्रम संयोजक राजु मगरले स्वागत मन्तव्य राखेर गरेर थिए।

कार्यक्रमका प्रमुख अतिथी कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए।उनले युवाहरु उर्जाशिल, जागरुक, गतिशील र नेतृत्व गर्न सक्ने भएकाले समाज र राष्ट्रको सकरात्मक परिवर्तनको लागि लाग्न सम्पूर्ण जेसिज सदस्यहरुलाई शुभकामना दिए। साथै उनले आगामी दिनमा पालिकाले जेसिजसंग सहकार्य गरेर अघि बढ्ने बताए। संगसगै भोलिका दिनमा आफुहरु र समाज रुपान्तरण गर्न थप शसक्त भएर लागेको देख्न चाहेको प्रमुख अतिथी अध्यक्ष काफ्लेले बताए।

रमाइलो जेसिज २०२० का अध्यक्ष सुमन अधिकारीले आफ्नो कार्यकालमा गरेको प्रगती विवरण सार्वजनिक गरेका थिए।मातृत्व जिम्मेवारी गरिरहेको पथरी जेसिज २०२० का अध्यक्ष सन्तोष ढुङ्गेलले नवनिर्वाचित बोर्डलाई बधाई व्यक्त गर्दै मातृत्व प्रदान गरिरहेको रमाइलो जेसिजले द्रुत गतिमा गरेको प्रगतीको मुक्तकण्ठले प्रशंशा गरे।साथै उनले समाज रुपान्तरण गर्न युवाको नेतृत्व आवश्यक रहेको र निरन्तर लागिरहनुपर्ने बताए।

कार्यक्रममा पालिका भरिका विभिन्न वडाका अध्यक्षहरु, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पथरी जेसिजका पदाधिकारी लगायतको बाक्लो उपस्थिति रहेको थियो।२०२१ का लागि अध्यक्षमा भानु फुयल, कार्यकारी उपाध्यक्षमा त्रिभुनाथ फुयल, सुनिल श्रेष्ठ उपाध्यक्षमा केशव भण्डारी, बिवेक चुडाल, राजु मगर, मनोज अधिकारी र सचिवमा होम थापा मगर निर्वाचित भएका छ्न ।साथै मनोनयन गरिएको तर्फ महासचिवमा विबेक योङ्हाङ लिम्बु, कोषाध्यक्षमा सन्तोष भट्टराईसंगै अन्य १८ सहितको बोर्ड चयन भएको छ।

कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान, २०२० मा विभिन्न विधामा उत्कृष्ट हुनेलाई पुरस्कार, खेल सप्ताहमा विजयी हुनेलाई पुरस्कार प्रदान गरिएको थियोे ।

Back to top button