भोलीबाट रमाईलो च्यालेन्ज कप फुटबल प्रतियोगिता हुँदै

प्रतियोगितामा पालिका भरिका वडागत हिसाबले उत्कृष्ट ७ टिम र आयोजक १ गरि ८ टिमहरुको सहभागीता रहने खेल संयोजक जयराज लिम्बुले बताए।

कानेपोखरी / काठमाडौमा बसोवास गर्दै आएका मानिहरुको समूह कानेपोखरी सेवा समाज काठमाडौले मोरङ कानेपोखरी गाउँपालिका-६ मा रमाइलो च्यालेन्ज कप तीन दिवसिय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

भोलि माघ १७ गतेबाट १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पालिका भरिका वडागत हिसाबले उत्कृष्ट ७ टिम र आयोजक १ गरि ८ टिमहरुको सहभागीता रहने खेल संयोजक जयराज लिम्बुले बताए।

“स्वास्थका लागि फुटबल राष्ट्रका फुटबल” मुल नाराका साथ रमाइलो युवा परिवार र रमाइलो फुटबल टिमको व्यवस्थापन र कानेपोखरी गाउँपालिकाको मुख्य सहयोगमा आयोजना हुन लागेको हो। यसैगरी गाउँपालिकाको तर्फबाट यस प्रतियोगिताको लागि १ लाख ६३ हजार प्रदान गरिएको छ। करिब ३ लाख खर्च हुने अनुमान गरिएको फुटबल प्रतियोगितामा प्रथम हुनेलाई २५ हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र र दोस्रो हुनेको लागि १५ हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र फुयल सुनचाँदी पसल रमाईलो ६ का सञ्चालक डिल्लीप्रसाद(काजी) फुयलले सौजन्य गरेको कानेपोखरी सेवा समाजका सभापति मेघेन्द्र पराजुलीले जानकारी दिए।

कानेपोखरी ६ जनसेवा माध्यमिक विद्यालयको खेलमैदान हुने खेलमा हरेक दिन म्यान अफ दि म्याच , हाई स्कोररलगायतको बिधामा पुरस्कार प्रदान गरिने कानेपोखरी सेवा समाजका सभापति पराजुलीले बताए।उनले यस प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य युवा वर्गलाई लक्षित गरि दुर्व्यसनी मुक्त गराई शारिरिक तन्दुरुस्ती बनाउने, परिश्रमी अनुशासित र मेहेनती बनाउनु रहेको प्रष्ट पारे।

पहिलो दिन भोलि बिहान ११ बजेबाट ४ वटा खेलसंगै फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगितामा होक्लाबारी युथ क्लब, शुभकामना बहुउद्देश्यीय क्लब, नव प्रतिभा क्लब, मातृभुमी सेवा समाज क्लब, रियल स्टार क्लब, हिमाल युनाइटेड क्लब र कानेपोखरी युथ क्लब क्रमशः वार्ड नम्बर १ देखि ७ र आयोजक कानेपोखरी सेवा समाज काठमाडौ टिमहरु सहभागी रहेका छ्न।

Back to top button