रमाइलो बहुमुखीको २९ औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न

औपचारिक कार्यक्रम अन्तर्गत कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा बिबिएस चौथो

कानेपोखरी / मोरङको कानेपोखरी -५ भौसाबारीमा २०४८ सालमा स्थापना भएको रमाइलो बहुमुखी क्याम्पसले २९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान, नव आगन्तुक विद्यार्थीलाई स्वागत, चौथो बर्षका विद्यार्थीलाई बिदाई, पुरस्कार वितरणलगायतका कार्यक्रम बिहिवार सम्पन्न गरेको छ ।

क्याम्पसको संयुक्त आयोजनामा सो कार्यक्रमहरु सम्पन्न भएका हुन। कार्यक्रमको उद्घाटन क्याम्पस सञ्चालक समिती अध्यक्ष दुर्गा बहादुर कार्कीले रक्तदान गरेर सुरु गरेका थिए। सो रक्तदान कार्यक्रमबाट ३८ पिन्ट रगत संकलन भएको क्याम्पसका शिक्षक राम श्रेष्ठले जानकारी दिए।

रक्तदान कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न यसै क्याम्पसका विद्यार्थी, शिक्षकलगायतको बाक्लो उपस्थिति रहेको थियो। सोही दिन औपचारिक कार्यक्रम अन्तर्गत कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा बिबिएस चौथो बर्षका विद्यार्थीलाई बिदाई गरिएको थियो ।

यस्तै वार्ड नम्बर ३ कार्यालयको तर्फ नगद १ लाख रुपैयाँ सोही वार्डमा बसोबास गरि रमाइलो बहुमुखीमा हाल कक्षा ११ र १२ अध्ययन गरिरहेका विद्यार्थीलाई ३ हजारका दरले, स्नातकमा पढनेलाई ५ हजारका दरले र वार्ड नम्बर ५ को तर्फबाट २ लाख ५० हजार रुपैयाँ कक्षा ११ देखि स्नातकसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति स्वरुप प्रदान गर्ने घोषणा समेत गरिएको छ।

स्ववियुले सञ्चालन गरेको खेल सप्ताहमा सहभागी भएर प्रथम, दोश्रो र तेस्रो हुनेलाई जनसेवा मावीका पुर्व प्रधानाध्यापक तुलाराम गुरुङलगायतको संस्था मेरिट लिगल कन्सलटेन्सीको तर्फबाट ३० हजार पुरस्कार प्रदानका लागि प्रदान गरिएको थियो। क्याम्पस ३० औ वर्षमा प्रवेश गरेको अवसरमा एक वर्षलाई अझ सुदृढ क्याम्पस एक वर्षे अभियानमा प्राविधिक शिक्षाको योजना, अन्य संकाय थप, भौतिक, आर्थिक स्थिति सुधारको योजनासहित अर्को वर्ष समापन गर्ने गरी वार्षिक कार्यक्रमको अभियान निरन्तर रहने सन्चालक समितिका अध्यक्ष दुर्गा बहादुर कार्कीले बताए । सो कार्यक्रमका अध्यक्षता क्याम्पसका अध्यक्ष दुर्गा बहादुर कार्कीकाे रहेकोकाे थियाे भने प्रमुख अतिथ्यता स्थानिय सरकार प्रमुख तारा बहादुर काफ्लेकाे रहेको थियाे।

कानेपाेखरी गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, नेपाल शिक्षक महासंघ केन्द्रिय पुर्व अध्यक्ष केशव निरौला लगायतको विशिष्ट अतिथ्यता रहेकाे थियाे भने कानेपाेखरी गाउँपालिकाका राजनितिक दलका प्रतिनिधीहरु सबै वार्डका अध्यक्षहरु, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु जग्गादाता लगायत समेतको अतिथ्यता रहेकाे थियाे।

कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्जवलन गरेर पालिका प्रमुख ताराबहादुर काफ्लेले गरेका थिए। सम्पूर्ण आगन्तुक पाहुनाहरु तथा विद्यार्थीहरुलाई तिर्थ बहादुर कार्कीले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए भने कार्यक्रम क्याम्पसका शिक्षक गंगा यादवले संचालन गरेका थिए।

Back to top button