दिपक र मेलिनाको हङकङमा “औँठीबैना”

कोरोनाको महामारीबीच ब्यस्त समयलाई ब्यवस्थापन गर्दै करिब हप्तादिन लगाएर भिडियोको छायाङ्कन गरिएको छ । दर्जनबढि स्थानिय कलाकारहरुको अभिनयसँगै गीतको मर्मलाई भिडियोमा प्रस्तुत गर्ने प्रयास गरेका छौ निर्देशक युगल पोमो भन्छन् ।

हङकङ / गायक दिपक लिम्बु र गायीका मेलिना राईले संयुक्तरुपमा गाएको गीत औठी बैनाको भिडियो हङकङमा निर्माण गरिएको छ ।

बिष्णु ईङ्नामको शब्द र मबिन्द्र राईको संगितमा तयार गीत औठी बैना लाई लामोसमयपछि भिडियोको रुप दिएको निर्माता ईङ्नाम बताउँछन् ।

कोरोनाको महामारीबीच ब्यस्त समयलाई ब्यवस्थापन गर्दै करिब हप्तादिन लगाएर भिडियोको छायाङ्कन गरिएको छ । दर्जनबढि स्थानिय कलाकारहरुको अभिनयसँगै गीतको मर्मलाई भिडियोमा प्रस्तुत गर्ने प्रयास गरेका छौ निर्देशक युगल पोमो भन्छन् ।

भिडियोमा धिरज लिम्बु, रेस्मा सम्बाहाम्फे, बिष्णुकुमार ईङ्नाम, मौसम लिम्बु, हेमराज आङ्छेम्बो, नामलिङ ओखाब्रो लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हङकङको शुन्दर प्राकृतिक लोकेशनमा खिचिएको भिडियोलाई मज्जाको राईले खिचेका हुन् भने सम्पादन अनिलकुमार महर्जनले गरेका छन् ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।।

 

Back to top button