हङकङ लकडाउन : कोरोना प्रभावित १५० ब्लकमा १७०० सुरक्षा अधिकारी तैनाथ

घरभन्दा बाहिर निस्किएकाहरुलाई सुरक्षा अधिकारीहरुले कोरोना नेगेटिभको रिपोर्ट माग्नेछन् सकेसम्म घरबाट बाहिर ननिस्कन र स्वास्थ्यमा केहि समस्या भएमा तत्काल हेल्थ डिपार्टमेन्टमा जानकारी गराउँनका लागि अपिल गरिएको छ ।

हङकङ याउचिमोङ जिल्ला अन्र्तगतका १५० आवाशिय भवनहरुमा कोरोना संक्रमण देखिएसँगै मध्यरातबाट १७०० सुरक्षा अधिकारीहरु तैनाथ गरिने भएको छ । ५०० हङकङ प्रहरीसँगै स्वास्थ्यकर्मी, अध्यागमनका कर्मचारीका साथै रोग नियन्त्रण एकाईका अधिकारीहरु छन् । नेपालीहरुको बाक्लो बसोबास रहेको याउचिमोङ जिल्लामा स्थानियहरुमा भुसको आगोसरि कोरोना संक्रमण फैलिएपछि लकडाउनको घोषणा गरिएको हो ।
हङकङ शहरकै ४ प्रतिशत जनसंख्या रहेको याउचिमोङ जिल्ला अन्र्तगत याउमातेई, जोर्डन, चिमसाचोई, मङ्कोक शहरहरु पर्दछन् । हङकङकै १८ जिल्लाहरु मध्ये याउचिमोङलाई घनाबस्ती र ब्यापारिक हवकोरुपमा चिनिन्छ ।

घरभन्दा बाहिर निस्किएकाहरुलाई सुरक्षा अधिकारीहरुले कोरोना नेगेटिभको रिपोर्ट माग्नेछन् सकेसम्म घरबाट बाहिर ननिस्कन र स्वास्थ्यमा केहि समस्या भएमा तत्काल हेल्थ डिपार्टमेन्टमा जानकारी गराउँनका लागि अपिल गरिएको छ ।

कोरानो प्रभावित याउचिमोङ जिल्लामा करिब ४ देखि ९ हजारको हारहारिमा मानिसहरुको बसोबास रहेको छ । एक प्रहरी अधिकारीका अनुसार लकडाउनको समयमा स्वास्थ्य अधिकारीहरु ढोकाढोकामा पुगेर कोरोना परिक्षणको अवस्था बुझनेछन् भने केहि समयअघि कोरोना परिक्षण गरेको भएपनि पुन गर्नका लागि सुझाउँनेछन् ।
लकडाउन जारी गरिएका स्थानहरुमा अति आवश्यकीय क्षेत्रहरुमा काम गर्ने कर्मचारी, रोगी तथा वृद्धवृद्धाहरुलाई हेरचाह गर्ने एउटै भवनमा बस्ने आफन्तहरुले मात्र प्रवेश पाउँनेछन् । सरकारी अतिआवश्यकिय सेवा बाहेकका स्थानिय ब्यापार, ब्यवसाय सवै बन्द रहनेछन् ।

स्थानियहरु (विशेष गरि अल्पसंख्यक जातीहरु) बसोबास गर्ने जिल्लाहरुमा कोरोना संक्रमण तिव्ररुपमा फैलिएसँगै हङकङ सरकारले कोरोना परिक्षण मोवाईल घुम्ती स्थापना गरेको थियो । परिक्षण पश्चात संक्रमितहरुलाई अस्पताल र संक्रमितहरुसँगै घुलमिल भएकाहरुलाई आईसोलेसनमा पठाईएको छ भने केहि भवनहरु खालीसमेत गरिएको छ ।

हङकङमा ९,९२९ जनामा कोरोना संक्रमण र १६८ जनाको मृत्यु भईसकेको छ ।

 

Back to top button