भारतबाट नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन दिने तयारी

भारतले यो खोप अनुदानमा उपलब्ध गराएको मन्त्री त्रिपाठीले बताए। 

काठमाडौं : भारत सरकारले नेपाललाई १० लाख कोरोना भाइरस (कोभिड-१९) विरुद्धको डोज दिने भएको  छ। स्वास्थ्य मन्त्रालयमा बुधबार गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसबारे जानकारी दिएका हुन् । खोप भोली (बिहीबार) काठमाडौं आइपुग्नेछ।

भारतले यो खोप अनुदानमा उपलब्ध गराएको मन्त्री त्रिपाठीले बताए।

पहिलो चरणको खोप नेपालको जनसंख्याको ३ प्रतिशतलाई लगाइनेछ। जसमा सरसफाइकर्मी, स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक,सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिएकाहरुलाई लगाइने मन्त्री त्रिपाठी बताए।

Back to top button