कानेपोखरी र पथरी शनिश्चरे जोड्ने डाँस खोलामा झोलुङ्गे पुलको शिलान्यास

संघीय सरकारको १ करोड ३६ लाख बजेटमा बन्ने पुलको लम्बाई १ सय ८४ मिटर रहने छ । जसको निर्माणका लागि अनसुभी कन्टक्सनले १ बर्षमा सकिने गरी ठेक्का लिएको छ ।

कानेपोखरी / मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ९ र कानेपोखरी गाउँपालिकाको वडा नम्बर ६ लाई जोड्ने डाँस खोलामा बन्ने झोलुङ्गे पुलको शनिबार शिलान्यास भएको छ ।

संघीय सरकारमार्फत निर्माण हुने पुलको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको प्रमुख आतिथ्यतामा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ९ नम्बर वडाध्यक्ष भानुभक्त राई, कानेपोखरीका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, ६ नम्बर वडाध्यक्ष खड्ग बस्नेत सहितले पुलको शिलान्यास गरेका हुन ।

शनिश्चरेको मलामी खाजाघरको केही दक्षिणमा बन्ने पुलको शिलान्यास गर्दै दुवै पालिकाकाका जनप्रतिनिधिहरुले दुइ पालिकाको सहकार्यमा यसप्रकारका विकास निर्माणका काम अघि बढाउदै जानु पर्ने बताए।संघीय सरकारको १ करोड ३६ लाख बजेटमा बन्ने पुलको लम्बाई १ सय ८४ मिटर रहने छ । जसको निर्माणका लागि अनसुभी कन्टक्सनले १ बर्षमा सकिने गरी ठेक्का लिएको छ ।

सो पुल बन्ने भएपछी स्थानियबासीहरु हर्सित बनेका छन।पुल निर्माण पश्चात् कानेपोखरी र पथरी शनिश्चरेका बिचमा आर्थिक,सामाजिक,भौतिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिएको छ।

Back to top button