सिंहदेवि सहकारीको अध्यक्षमा नन्दु शाह

२१५ जना सेयर सदस्य रहेको यस सहकारी संस्थाको अध्यक्ष पदको निर्वाचनमा २ मत अन्तरले सोम बहादुर पौडेललाई पछि पर्दै ९२ बर्षिय नन्दु शाह तेलि विजयी भएका छ्न।

कानेपोखरी / कानेपोखरी गाउँपालिका वडा नम्बर-०३ ओम शान्ति चोकमा रहेको सिंहदेवि दुग्ध सहकारी संस्था लिमिटेडको १० औं चुनावी साधारण सभा शनिबार सम्पन्न भएको छ।

२१५ जना सेयर सदस्य रहेको यस सहकारी संस्थाको अध्यक्ष पदको निर्वाचनमा २ मत अन्तरले सोम बहादुर पौडेललाई पछि पर्दै ९२ बर्षिय नन्दु शाह तेलि विजयी भएका छ्न। उपाध्यक्षमा नारायण प्रसाद कोइराला,कोषाध्यक्षमा होम बहादुर कटुवाल र सदस्यहरुमा भिमलाल लुइँटेल,महेश्वर खड्का, महेन्द्र ओझा, मेनुका दाहाल, देवि राय चुनिएका छ्न।

चुनावी साधारण सभा निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक बनेको थियो।

निर्वाचित भएपछी नव निर्वाचित अध्यक्ष तेलिले उक्त सहकारीलाई कानेपोखरी गाउँपालीकाकै नमुना सहकारी बनाउने प्रयासमा निरन्तर जुटिरहने उद्धघोष गरे।

सफल उम्मेदवारलाई सोही वडाका वडाध्यक्ष तथा जिल्ला सदस्य कृतिमान मादेन, जिल्ला सदस्य हेमनारायण चैाधरी तथा युवा नेता देवेन्द्र लुइँटेलले बधाई तथा कार्य सफलताको सुभकामना दिए ।

Back to top button